• Sat. Jul 27th, 2024

व्युटिसियन संघको झापा अध्यक्षमा पुनः कार्की

BySaptahik Samachar

५ चैत्र २०७९, आईतवार ०६:२२ ५ चैत्र २०७९, आईतवार ०६:२२ ५ चैत्र २०७९, आईतवार ०६:२२

भद्रपुर ५,चैत /नेपाल ब्युटिसियन संघ झापाकाे अध्यक्षमा शुशिला कार्की पुनः निर्वाचित हुनुभएको छ। शनिबार भद्रपुरमा भएको संघको चौथो झापा जिल्ला अधिवेशनले कार्की सहित १३ सदस्य समिति सर्वसम्मत निर्वाचित गरेको हो।
निर्वाचन समितिकी सदस्य शर्मिला अधिकारीले दिएको जानकारी अनुसार, उपाध्यक्षमा इन्दिरा राई, सचिव-ज्योति गौतम, कोषाध्यक्ष-सोनु ओली, सहसचिव-लक्ष्मी राई र सहकोषाध्यक्षमा कला थापा हुनुहुन्छ। त्यस्तै, सदस्यहरूमा मुना राई, निर्मला लिम्वू, जानुका राई,दुर्गा तिम्सिना, चन्द्रकला नेपाली,शोभा बस्नेत र विमला लिम्बू रहनुभएको छ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य, ब्युटिसियन संघकी केन्द्रीय महासचिव सरिता गौतमको विशिष्ट आतिथ्य र शुशिला कार्कीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि पोखरेल, विशिष्ट अतिथि गौतम सहित चिया बगान श्रमिक संघका राष्ट्रिय अध्यक्ष दीपक तामाङ,ट्रेड युनियन काँग्रेसका झापा सभापति यज्ञप्रताप अधिकारी, नेपाली काँग्रेस भद्रपुर नगर सभापति राम कँडेल, नेपाल महिला संघ क्षेत्र नं ३(क)सभापति शर्मिला अधिकारी र स्वास्थ्यकर्मी संघका झापा अध्यक्ष नेत्र दाहालले शुभ कामना मन्तव्य राख्नुभएको जनाइएको छ ।

12 thoughts on “व्युटिसियन संघको झापा अध्यक्षमा पुनः कार्की”
  1. Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.

  2. This is really interesting, You’re a very skilled blogger. I’ve joined your feed and look forward to seeking more of your magnificent post. Also, I’ve shared your site in my social networks!

  3. This is really interesting, You’re a very skilled blogger. I’ve joined your feed and look forward to seeking more of your magnificent post. Also, I’ve shared your site in my social networks!

Leave a Reply

Your email address will not be published. Required fields are marked *