भद्रपुर १७ माघ / बिवेक कार्की स्मृति प्रतिष्ठानले आज संगीतकर्मीलाई सम्मान गर्दै पाँचौ बिवेक कार्की स्मृति दिवस मनाएको छ।
प्रतिष्ठानका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षता र प्रमुख अतिथि भद्रपुर नगर पालिका वडा नम्बर ७ का वडाध्यक्ष अग्रज ब्यक्तित्व बिनोद पोखरेलको प्रमुख आतिथ्यमा चन्द्रगढीमा स्मृति दिवस मनाइएको हो। कार्यक्रममा
प्रतिष्ठानलाई स्थापना कालदेखि नै सहयोग पुर्याउँदै आउनुभएका संगीतकर्मी अर्जुन खरेललाई नगद,सम्मान पत्र , दोसल्ला, माला र अबिरबाट सम्मान गरिएको छ।
गायन क्षेत्रका युवा प्रतिभा बिबेक कार्कीको असामयिक निधन पछि परिवारजन र स्थानीय सामाजिक युवाहरूको सक्रियतामा गठन भएको स्मृति प्रतिष्ठानले कार्कीको निधन भएको सन्दर्भमा प्रत्येक वर्ष स्मृति दिवस सहित सांगीतिक कार्यक्रम गर्दै आएको छ। आजको कार्यक्रममा पनि स्वर्गीय विवेकको आत्माको चीर शान्तिको कामना गर्दै श्रध्दाञ्जलि अर्पण गरिएको थियो।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकारद्वय गोबिन्द लम्साल र अरुण भट्टराई तथा कार्यक्रमका बिशेष अतिथि हरि पौडेल र प्रमुख अतिथि पोखरेलले स्व.विवेकप्रति श्रद्धाञ्जली र सम्मानित खरेलप्रति शुभकामना मन्तब्य राख्नुभएको थियो।
प्रतिष्ठानका सदस्य गोकुलराज न्यौपानेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका कोषाध्यक्ष लता खरेलले गर्नुभएको थियो।
सम्मानित ब्यक्तित्व खरेलले गायन सहित मन्तव्य र सचिव निरज पोखरेलले गीत प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथिलाई सम्मान र मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा प्रतिष्ठानका संरक्षक लक्ष्मी कार्की र रिता कार्की समेत सहभागी हुनुहुन्थ्यो।
Эффективный детейлинг автотранспорта в Москве, для удовлетворения самых взыскательных клиентов.
Детейлинг центр в Москве – http://www.car-deteyling-msk.ru/ .