• Fri. Jul 11th, 2025

विभिन्न व्यक्तिहरूलाई सम्मान गर्दै झापामा पनि मनाइयो ६९औं प्रहरी दिवस

BySaptahik Samachar

३० आश्विन २०८१, बुधबार २१:०७ ३० आश्विन २०८१, बुधबार २१:०७ ३० आश्विन २०८१, बुधबार २१:०७

भद्रपुर ३०,असोज/ नेपाल प्रहरीले ६९ औँ प्रहरी दिवस आज विविध कार्यक्रमका साथ मनाइएको छ । सोही क्रममा जिल्ला प्रहरी कार्यालय झापाले पनि विभिन्न ब्यक्तिहरुलाई सम्मान गर्दै ६९ औं प्रहरी दिवस मनाएको हो ।
   अमर प्रहरीप्रति श्रद्धाञ्जली, अमर प्रहरीका आश्रित परिवारहरूलाई सम्मान, उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कार, रक्तदान, खेलकुदका विभिन्न विधाका विजयी खेलाडीहरुलाई पुरस्कार तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्दै झापामा प्रहरी दिवस मनाइएको हो ।

कार्यक्रममा झापा प्रहरीले यस वर्षको उत्कृष्ट प्रहरी कर्मचारीकारुपमा प्रहरी निरीक्षक सन्तोष राई र प्रहरी सहायक हवल्दार उत्तम कटवाललाई पुरस्कृत गर्यो । कार्यक्रमका अध्यक्ष जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी र प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला तथा झापा जिल्ला प्रहरी श्रीमती संघका अध्यक्ष इन्द्रा थापाले विभिन्न व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो।
    बिसंं २०१२ साल असोज ३० गते अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण र समाजमा शान्ति सुरक्षा कायम गर्ने जस्ता गहन जिम्मेवारी बहन गर्ने उद्देश्यले प्रहरी ऐन, २०१२ जारी भए पश्चात विधिवतरुपमा नेपाल प्रहरीको स्थापना भएको दिनलाई स्मरण गदैं प्रहरी दिवस मनाइने गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले स्वागत मन्तव्यका क्रममा जानकारी दिनुभयो।
   सोही अवसरमा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई दोसल्ला पहिर्याएर  कदर पत्र प्रदान गरिएको थियो ।    

कार्यक्रममा पाथीभरा जवान शिक्षालय पाडाजुँगी झापाका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेश उप्रेतीले ८५ वर्ष माथिका ज्येष्ठ पूर्व प्रहरी कर्मचारी हिक्मतबहादुर लामालाई सम्मान गर्नुभएको‌ थियो।
   यसैगरी, नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट प्राप्त कदर पत्र कन्काई नगरपालिका—३ का स्वर्गीय पुर्णबहादुर लिम्बूका छोरा पूर्वप्रहरी सहायक निरीक्षक अमरबहादुर लिम्बूलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले प्रदान गर्नुभयो। लिम्बूले प्रहरी चौकी थेचम्बु ताप्लेजुङको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्नुभएको थियो ।
    सोही अवसरमा जिल्ला प्रहरी कार्यालय झापाले आयोजना गरेको ब्याडमिन्टन तथा भलिबल प्रतियोगिताका विजेता खेलाडीहरुलाई प्रमाण पत्र, मेडल तथा पुरस्कार प्रदान गरिएको थियो। ब्याडमिन्टनतर्फ प्रथम प्रहरी जवान नुदन राई , प्रहरी जवान बिजय थुलुङ तथा भलिबलतर्फका विजयी खेलाडी प्रहरी हवल्दार आयुस राई, प्रहरी जवानहरु नुदन राई, राजकुमार सुनुवार, तेन्जेवा भोटे, रामकृष्ण बाठामगर, सुरेश विकलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बास्तोलाले प्रमाण पत्र, मेडल तथा पुरस्कार प्रदान गर्नुभएको थियो।
  त्यसैगरी, मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्तिनाथ पौडेल,सामुदायिक सेवा केन्द्र चन्द्रगढी झापाका सचिव खड्गबहादुर बुढाथोकी, साना हात नेपालका अध्यक्ष विक्रम वाग्ले, मानव अधिकारका लागि एकल महिला झापाका अध्यक्ष रेखा अधिकारी, इष्ट होराइजन अग्रेजी माविका प्रिन्सिपल सन्दिप राई र वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओली लगायतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
   सोही दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम समेत भएको थियो । रक्तदानमा १५ जनाले रगत दान गरेका थिए।
   कार्यक्रममा प्रमुख अतिथि प्रजिअ. बास्तोला, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पूर्व प्रहरी संगठन जिल्ला कार्यसमिति झापाका तर्फबाट मदनगोपाल सुब्बालगायतले बोलेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले स्वागतसहित संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरबाट प्रहरी दिवसका अवसरमा दिएको शुभकामना सन्देश बाचन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले गर्नुभएको थियो।

124 thoughts on “विभिन्न व्यक्तिहरूलाई सम्मान गर्दै झापामा पनि मनाइयो ६९औं प्रहरी दिवस”
  1. You really make it seem so easy together with your presentation however I to find this topic to be really something that I think I’d never understand. It kind of feels too complicated and extremely wide for me. I am taking a look ahead in your subsequent post, I?¦ll try to get the grasp of it!

  2. You can definitely see your enthusiasm within the paintings you write. The world hopes for even more passionate writers like you who are not afraid to say how they believe. All the time follow your heart. “History is the version of past events that people have decided to agree upon.” by Napoleon.

Leave a Reply

Your email address will not be published. Required fields are marked *