• Sat. Jul 27th, 2024

विपद् व्यवस्थापन सम्बन्धमा रेडक्रस झापाको अभियान

BySaptahik Samachar

२४ बैशाख २०८०, आईतवार १९:१५ २४ बैशाख २०८०, आईतवार १९:१५ २४ बैशाख २०८०, आईतवार १९:१५

१५ पालिकालाई नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसंग सम्बन्धी नीतिगत व्यवस्थाका लागि ध्यानाकर्षण

भद्रपुर २४ वैशाख / नेपाल रेडक्रस सोसाइटी झापा शाखाले विपद् व्यवस्थापन सम्वन्धमा स्थानीय तहहरूको ध्यानाकर्षण गराएको छ। स्थानीय सरकारले विपद्को जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने तयारी, विपद्मा र विपद् पछि गर्नुपर्ने दायित्वलाई स्मरण गराउँदै आगामी बजेटमा विपद्लाई प्राथमिकतामा पार्न जिल्लाव्यापी अभियानका साथ ध्यानाकर्षण गराएको हो।

रेडक्रस झापाले आज आइतबार अन्तिम दुई पालिका भद्रपुर र कचनकवल गाउँपालिकामा ध्यानाकर्षण प्रस्ताव बुझाएको छ।
यस अघि नेपाल रेडक्रस सोसाइटी झापाले कोसी प्रदेश सरकारका मुख्यमन्त्री र झापाका १३ वटा पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमै भेटेर ध्यानाकर्षण प्रस्ताव बुझाएको रेडक्रस झापाका सभापति लेाकराज ढकालले जानकारी दिनुभयो। उहाँले भन्नुभयो – ” स्थानीय सरकारलाई विपद् व्यवस्थापनको सम्बन्धमा गर्नुपर्ने दायित्व बोध गराउन अभियानकै रूपमा जिल्ला र प्रदेश सरकारसम्मको ध्यानाकर्षण गराएका छौं।”

ध्यानाकर्षण प्रस्तावमा २०७२ को संविधानको अनुसूची ८ र ९, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४-७५, स्थानीय सरकार सञ्चालन ऐन -२०७४, ११ को स्वायत्त शासन , विपद् सम्बन्धी मार्गदर्शन २०७९ को ६ सूचक, ३० वटा उपसूचक र अन्य विपद् वारे स्थानीय सरकारको दायित्व सम्बन्धी व्यवस्थाहरूको प्रतिलिपि समावेश गरिएको छ। उहाँले भन्नुभयो – “स्थानीय तह अहिले बजेट निर्माणको क्रममा छ, त्यसैलाई मध्यनजर गर्दै फायल सहित हस्तान्तरण गरेर जिम्मेवार पक्षसँग छलफल पनि गरेका छौँ- पक्कै सवैको ध्यानाकर्षण भएको छ भन्ने लागेको छ ” – उहाँले भन्नुभयो।

5 thoughts on “विपद् व्यवस्थापन सम्बन्धमा रेडक्रस झापाको अभियान”
  1. You’re so awesome! I don’t suppose I’ve truly read through anything like that before. So great to discover somebody with a few unique thoughts on this subject. Really.. many thanks for starting this up. This site is one thing that is required on the internet, someone with some originality.

  2. Greetings! Very helpful advice within this article! It’s the little changes that produce the most significant changes. Many thanks for sharing!

Leave a Reply

Your email address will not be published. Required fields are marked *