• Sat. Jul 27th, 2024

रोटरीद्वारा भद्रपुरमा निःशुल्क आँखा शिविर

BySaptahik Samachar

१४ चैत्र २०८०, बुधबार २१:३० १४ चैत्र २०८०, बुधबार २१:३० १४ चैत्र २०८०, बुधबार २१:३०

चार सय ४६ जनाको आँखा परीक्षण

भद्रपुर,१४ चैत्र / झापाको भद्रपुरमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । भद्रपुर ८ स्थित भानु सामुदायिक विद्यालयको प्राड्गणमा बुधवार भएको शिविरमा जम्मा ४ सय ४६ जनाको आँखा परीक्षण गरिएको छ । जस्मा २ सय २८ जना पुरुष र २ सय १८ जना महिला रहेको आयोजक रोटरी क्लबले जनाएको छ।

जाँचका क्रममा १९ जना मोतियाविन्दु भएका विरामी पाइएको र निजहरुलाई निशुल्क अप्रेशनको लागि विर्तामोडस्थित मेची आँखा अस्पताल लगी उपचार गरिने रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विनोद चापागाईंले बताउनुभयो  । अन्य ३ सय ७ जनालाई डाक्टरको सिफारिस अनुसार चश्मा वितरण गरिएको थियो ।

रोटरी क्लब अफ धुलिखेलको सहयोग, रोटरी क्लब अफ भद्रपुरको आयोजना तथा रोटरियन क्लब अष्ट्रेलियाको प्राविधिक सहयोगमा सम्पन्न भएको शिविरमा भद्रपुर नगरपालिकाका जनप्रतिनिधि तथा रोटरियनहरुको उपस्थिति थियो । अष्ट्रेलिया रोटरीको नेतृत्व एफ म्याटले गरेका थिए । 
 

One thought on “रोटरीद्वारा भद्रपुरमा निःशुल्क आँखा शिविर”

Leave a Reply

Your email address will not be published. Required fields are marked *