• Fri. Feb 14th, 2025

रेडक्रस झापाको डेङ्गु विरूध्दको सचेतना अभियान जारी

BySaptahik Samachar

२० आश्विन २०८०, शनिबार ०३:५५ २० आश्विन २०८०, शनिबार ०३:५५ २० आश्विन २०८०, शनिबार ०३:५५

भद्रपुर १९ असोज / डेन्गी विरुद्धको अभियान अन्तरगत नेपाल रेडक्रस सोसाइटी झापा शाखाले भद्रपुरमा अभिमुखीकरण सम्पन्न गरेको छ। भद्रपुर नगरपालिकाको सभा हलमा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा हिजोभद्रपुर नगरका महिला स्वास्थ स्वंयसेविकाहरूसंग डेङ्गु रोगका बारेमा एकदिन अभिमुखीकरण सम्पन्न गरिएको हो।

नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरीको सभापतित्वमा भएको कार्यक्रममा नगरप्रमुख पोखरेल र उपप्रमुख राधा कार्कीले शुभकामना मन्तब्य राख्नु भएको थियो।
सोसाइटीको झापा जिल्ला शाखाका सभापति लोकराज ढकालले स्वागत,सञ्चालन र औचित्य माथि प्रकाश पारेको कार्यक्रममा भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका मनोज भट्टराईले डेङ्गुका विषयमा चेतनामूलक अभिमुखीकरणमा सहजीकरण गर्नुभएको थियो।

455 thoughts on “रेडक्रस झापाको डेङ्गु विरूध्दको सचेतना अभियान जारी”
  1. Somebody essentially help to make significantly articles I’d state. This is the first time I frequented your web page and up to now? I surprised with the research you made to make this actual post incredible. Fantastic job!