• Sat. Jul 27th, 2024

रूद्र गौरी अम्विका ओली प्रतिष्ठानद्वारा पुरस्कार घोषणा

BySaptahik Samachar

१६ चैत्र २०७८, बुधबार ०९:४६ १६ चैत्र २०७८, बुधबार ०९:४६ १६ चैत्र २०७८, बुधबार ०९:४६

भद्रपुर १६,चैत्र /रूद्र गौरी अम्विका ओली प्रतिष्ठान झापाले यस वर्षका लागि विभिन्न विधामा दिइने पुरस्कारको घोषणा गरेको छ।
प्रतिष्ठानका अनुसार, वर्ष २०७८ को श्रीप्रसाद ओली स्मृति प्रज्ञान पुरस्कार नेपाल राष्ट्र बैङ्कका प्रथम गभर्नर हिमालय शमशेर जवरालाई प्रदान गरिने भएको छ। सो पुरस्कार राशिको रकम पाँच लाख रूपैयाँ छ।
त्यसैगरी,ललितपुरको शुभद्रा मदन फाउन्डेसन र चन्द्रागिरि मेसिनरी उद्योगलाई संयुक्तरुपमा रूद्रप्रसाद ओली राष्ट्रिय कृषि पुरस्कार तथा धार्मिक अनुष्ठानहरूमा सहयोग पुर्‍याउने काठमाडौं निवासी युवती खड्का केसीलाई गौरादेवी ओली स्मृति राष्ट्रिय आमा पुरस्कार प्रदान गर्ने घोषणा भएको छ। ती दुवै पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ रूपैयाँ रहेको प्रतिष्ठानले जनाएको छ।
यसैगरी, अम्विका ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार साहित्यकार विवश पोखरेललाई प्रदान गरिने भएको छ। यो पुरस्कारको राशि पनि १ लाख १ हजार १ सय ११ रूपैयाँ रहेको प्रतिष्ठानले जनाएको छ।प्रतिष्ठानका अध्यक्ष गंगा ओलीका अनुसार, देवी ओली स्मृति बाल पुरस्कार भने यस वर्ष प्रदान गर्न सकिएन तर पुरस्कार राशि बृद्धि गरेर १ लाख १ हजार १ सय ११ रूपैयाँ पुर्‍याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *