• Wed. Feb 28th, 2024

राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सुविधा नलिने घोषणा

BySaptahik Samachar

१८ श्रावण २०७८, सोमबार १६:०२ १८ श्रावण २०७८, सोमबार १६:०२ १८ श्रावण २०७८, सोमबार १६:०२

राजधानी समाचारदाता /काठमाडौं १८ साउन /स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गर्नुभएको छ ।

राज्यमन्त्री श्रेष्ठले सोमबार आज मन्त्रालयका आफ्नो ‘सार्वजनिक स्वास्थ्य र कोभिड महामारी नियन्त्रणबारे २३ बुँदे नीतिगत प्रतिवद्धता र कार्ययोजना’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुरक्षाकर्मीबाहेकका कुनै पनि सेवासुविधा नलिने घोषणा गर्नुभएको हो ।

उहाँले पदमा बहाल रहँदा स्वार्थ बाझिने उल्लेख गर्दै व्यापार–व्यवसायमा आफू संलग्न नहुने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *