• Sat. Jul 27th, 2024

राजर्षि जनक कप आजदेखि

BySaptahik Samachar

२५ माघ २०७९, बुधबार ०८:३० २५ माघ २०७९, बुधबार ०८:३० २५ माघ २०७९, बुधबार ०८:३०

भद्रपुर, २५ माघ /राजर्षि जनक कप फुटबल प्रतियोगिताको सातौं संस्करण आज बुधबारबाट सुरु हुँदै छ । वाग्मती युवा क्लब सर्लाही र वाग्मती नगरपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा पहिलो दिन जावलाखेल युथ क्लब र नेपाल एपीएफ क्लब आमनेसामने हुँदैछन् ।
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम बनाइएको प्रतियोगिताको पहिलो खेलका क्रममा वाग्मती नगरपालिकाभित्र सार्वजनिक विदा दिनुका साथै टिकट निःशुल्क गरिएको वाग्मती नगरपालिका नगर खेलकुद समितिले जनाएको छ । आयोजकले अन्य दिनको टिकट शुल्क १०० र २०० रूपैयाँ राखेको छ ।
सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुने प्रतियोगिता १२ दिन चल्ने छ । जावलाखेल र एपीएफबीचको विजेताले क्वाटरफाइनलमा गत वर्षको विजेता पिप्ले युवा क्लब हेटौंडासँग खेल्नेछ । बिहीबार दोस्रो दिन युनाइटेड किङडम फुटबल क्लब दार्जिलिङले सुदूरपश्चिम ११ धनगढीसँग प्रतिस्पर्धा गर्नेछ ।
आयोजक वाग्मती युवा क्लबले धरान फुटबल क्लबसँग शनिबार खेल्नेछ । यस खेलको विजेताले सहिद स्मारक लिग च्याम्पियन मछिन्द्र क्लबसँग क्वाटरफाइनल खेल्नेछ । ए डिभिजनका अन्य टोलीमा नेपाल पुलिस क्लब, संकटा क्लब, चर्च ब्वाइजले प्रतिस्पर्धा गर्नेछन् । सर्लाही जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता विजेताले १० लाख रुपैयाँ पुरस्कार जित्नेछ । प्रतियोगिताको बजेट अनुमान करिब १ करोड रुपैयाँ रहेको छ ।साभारः कान्तिपुर

2 thoughts on “राजर्षि जनक कप आजदेखि”

Leave a Reply

Your email address will not be published. Required fields are marked *