• Sat. Mar 2nd, 2024

रहनुभएन लीलानाथ

BySaptahik Samachar

१२ पुष २०८०, बिहीबार १८:२३ १२ पुष २०८०, बिहीबार १८:२३ १२ पुष २०८०, बिहीबार १८:२३

भद्रपुर/ भद्रपुरका पुराना सामाजिक व्यक्तित्व लीलानाथ गड्तौलाको निधन भएको छ । भद्रपुर– ८, क्याम्पसमोडस्थित निवासमा आज बिहान ८ बजे गड्तौलाको ९० वर्षमा निधन भएको हो । निजामती तर्फ पूर्वकर्मचारी समेत रहनुभएका गड्तौलाको परिवारमा श्रीमती जयन्तादेवी गड्तौला, ३ छोराहरू– तोया, मुरारी र रेवतीका साथै ३ बुहारी– सरिता, इडा र सपना तथा ३ छोरीहरू– उर्मिला, शर्मिला र प्रमिला छन् । जेठा छोरा तोया गड्तौला नेपाली कांग्रेस, झापा जिल्ला कार्यसमितिका पूर्वसदस्यका साथै सगरमाथा सामुदायिक सिकाइ केन्द्र–भद्रपुरका अध्यक्ष, साप्ताहिक समाचार पत्रिकाका सल्लाहकार–सम्पादक लगायत थुप्रै सामाजिक संघ–संस्थाहरूमा आबद्ध हुनुहुन्छ । स्वर्गीय लीलानाथ गड्तौलाको पार्थिव शरीरको दाहसंस्कार विहीबार नै गरिएको छ।

3 thoughts on “रहनुभएन लीलानाथ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *