• Sat. Jul 27th, 2024

रविन कोइराला द्रोणाचार्य स्मृति प्रतिष्ठानको अध्यक्ष निर्वाचित

BySaptahik Samachar

२५ असार २०७९, शनिबार २१:४१ २५ असार २०७९, शनिबार २१:४१ २५ असार २०७९, शनिबार २१:४१

यभद्रपुर २५,असार / द्रोणाचार्य स्मृति प्रतिष्ठानको दोस्रो अधिवेशन नया नेतृत्व चयन गर्दै शनिवार सम्पन्न भएको छ ।
झापाको चन्द्रगढीस्थित भद्रपुर नगरपालिकाको वडा नं.१० को सभा हलमा सम्पन्न उक्त अधिवेशनले संविधान सभा सदस्य रबिन कोइरालाको अध्यक्षतामा तेह्र सदस्यीय कार्यसमिति चयन गरेको हो।
नव गठित समितिको उपाध्यक्षमा चन्द्रमाया श्रेष्ठ , महासचिवमा जीवनकुमार श्रेष्ठ , सचिव लोकनाथ भट्टराई र कोषाध्यक्षमा दुर्गाप्रसाद भट्टराई रहनु भएको छ भने सदस्यहरूमा प्रदेश साम्सद बसन्त बानियाँ , बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईं , देवराज कार्की , लक्ष्मी गुरागाईं , पुरुषोत्तम अधिकारी , गणेश बस्नेत , खिलानाथ पान्डे ‘निकास’ र अनुज खतिवडा चयन हुनु भएको छ ।
द्रोणाचार्य स्मृति प्रतिष्ठानको आगामी तीन वर्षे कार्यकालका लागि दुई जना सदस्य मनोनित गरी सल्लाहकार चयन गरिने प्रतिष्ठानका सचिव लोकनाथ भट्टराईले बताउनु भयो ।
पुर्व कानुन मन्त्री अग्नीप्रसाद खरेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि खरेलका साथै संविधान सभा सदस्य रबिन कोइराला र नेकपा एमाले झापा अध्यक्ष दिपक कार्कीले प्रजातान्त्रिक आन्दोलनमा पुर्व साम्सद द्रोणाचार्य क्षेत्रीले पुर्याएको योगदानको बारेमा चर्चा गर्नु भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष चन्द्रमणी पौडेलको अध्यक्षता , उपाध्यक्ष श्रेष्ठको स्वागत र महासचिव जीवन कुमार श्रेष्ठको सन्चालनमा सम्पन्न कार्यक्रममा महासचिव श्रेष्ठले प्रतिष्ठानको साङ्गठनिक प्रतिबेदन र कोषाध्यक्ष दुर्गाप्रसाद भट्टराइले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *