• Fri. Oct 25th, 2024

यूराशिया रेयूकाई २८औं शाखाको १७ औं स्थापना दिवस एवं भब्य भेला सम्पन्न

BySaptahik Samachar

२६ फाल्गुन २०८०, शनिबार १९:०२ २६ फाल्गुन २०८०, शनिबार १९:०२ २६ फाल्गुन २०८०, शनिबार १९:०२

भद्रपुर २६ फागुन / यूराशिया रेयूकाई २८ औं शाखाको १७ औं स्थापना दिवस एवं भब्य भेला आज भद्रपुरमा सम्पन्न भएको छ। जापानबाट सामाजिक संजाल जुममा सहभागी हुनुभएको यूराशिया रेयूकाईकी संरक्षक एवं प्रमुख मार्गनिर्देशक मुमा श्रीमती हिरोको मासुनागाको मार्गनिर्देशनमा कार्यक्रम सम्पन्न भएको मिहाता जिम्मेवार शिबुचो लालकुमार श्रेष्ठले बताउनुभयो।

भद्रपुर नगर पालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको भव्य भेलामा १७ जनालाई जापान रेयूकाई हेड्क्वाटरबाट प्राप्त २० बर्ष शिबुचो उपाधिमा अभ्यास गरेको ‌प्रमाण पत्र र उपहार, २ जनालाई समाज बिकासमा योगदान पुर्याए बापत प्रशंसा पत्र, १ जनालाई आफुले प्राप्त गरेको शिक्षा सही कार्यान्वयन गरे बापत प्रशंसा पत्र तथा १५ जना उत्साही महिलाहरुलाई समाज बिकासमा बिशेष योगदान पुर्याए बापत कृतज्ञता पत्र प्रदान गरिएको थियो ।

नगरप्रमुख पोखरेल, उपप्रमुख राधा कार्की र ८ नम्वर वडा अध्यक्ष गौरव सुब्बा (मनोज) ले यूराशिया रेयूकाई २८औं शाखाको भवन भद्रपुरमा हुनु गौरबको कुरा भएकोले यसको संरक्षण, सम्बर्धनमा सहकार्य गर्ने प्रतिबद्धता जाहेर गरेको उक्त कार्यक्रममा मिहाता जिम्मेवार शिबुचो श्रेष्ठले भवन बन्नुको कारण, लक्ष, उद्देश्य र रेयूकाई शिक्षाको बारेमा प्रकाश पार्नु भएको थियो भने श्रीमती लिना श्रेष्ठले योंग मिसेश र बच्चा हुर्काइ सम्बन्धमा तथा पुजा श्रेष्ठले युवाहरुमा अपील, जीवन श्रेष्ठले रेयूकाई शिक्षा कार्यान्वयनबाट पाएको अनुभव र अमृतप्रसाद श्रेष्ठले जापान भ्रमणको प्रभाव सहितको अनुभव शेयर गर्नु भएको थियो ।

दिब्यज्योति शिबुचो मुक्तिनाथ दाहालले स्वागत र निमित्त हेमकुमार श्रेष्ठले धन्यबाद दिनु भएको भेलामा नेपालको झापा, इलाम, सुनसरी, मोरङ र भारतका सहित ८५ जनाको प्रत्यक्ष उपस्थिति थियो भने सामाजिक संजाल जूममार्फत जापान लगायत नेपालको धरान, बिराटनगर, नारायणगढ, धुलिखेल, काठमाण्डौसमेतबाट धेरै जना सहभागी हुनुहुन्थ्यो।

Related Post

भद्रपुर रनको आय व्यय सार्वजनिक, लगभग दुई लाख बचत
झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।
यस बर्षको छैठ पूजा भव्यताका साथ सम्पन्न गर्न भद्रपुरबासी ऐक्यबद्ध
One thought on “यूराशिया रेयूकाई २८औं शाखाको १७ औं स्थापना दिवस एवं भब्य भेला सम्पन्न”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed