भद्रपुर 22,मंसिर / नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सचिव, सामाजिक अभियन्ता दीप लिम्बूको अन्त्येष्टि गरिएको छ। सचिव लिम्बूको बुधबार(मंसिर 22 गते)विहान सवा १० बजे मेची अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो। स्वर्गीय लिम्बूको शवमा भद्रपुर नगरपालिकाका प्रमुख तथा भद्रपुर रेडक्रसका सल्लाहकार जीवनकुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका मन्त्री चन्द्र चुडाल र भद्रपुर उपशाखाका सभापति गोपाल गिरीले रेडक्रसको झण्डा ओढाउनु भएको थियो। उहाँको शवलाई जातीय परम्परा अनुसार भद्रपुर -२,ज्ञाने चोक छेउ देउनिया घाटमा अन्त्येष्टि गरिएको हो। मृगौला प्रत्यारोपण गरेर पनि रेडक्रस मार्फत सामाजिक क्रियाकलापमा सँधै अग्रसर दीप पछिल्लो पटक लगभग एक महिना देखि कोभिड संक्रमणबाट थलिनु भएको थियो। मृगौला पीडित उहाँको हप्ता दिन यता अस्पतालको एचडियूमा राखेर उपचार भइरहेको थियो भने दुई दिन अघिबाट एचडियूमै भेन्टिलेटर सेवा प्रदान गरिएको थियो। अति सम्वेदनशील अवस्थामा उपचार जारी रहेकै बेला दीपको आज विहान निधन भएको उहाँको परिवारजनले बताएका छन्। रेडक्रसका सक्रिय स्वयंसेवक, हाल भद्रपुर उपशाखाका सचिव, प्राथमिक उपचार स्वयंसेवकको रुपमा राष्ट्रिय स्तरमा २०७१ मा उत्कृष्ट स्वयंसेवकको रुपमा रेडक्रसको केन्द्रीय कार्यालयवाट सम्मानित दीप लिम्बूको महाप्रस्थान संगै झापा रेडक्रसलाई क्षति पुगेकोछ। समाजसेवाका साथै भद्रपुर -८ सगरमाथाचोकमा CSC कम्प्युटर इन्स्टिच्युट संचालन गर्ने दीप सगरमाथा साना व्यवसायी समिति भद्रपुर-८ को सचिव समेत हुनुहुन्थ्यो। दुवै मृगौला फेल भएपछि उहाँका पिताले दिएको मृगौला बोकेर उहाँ समाजसेवामा जुटिरहनु हुन्थ्यो। स्व. दीपको बुवा, आमा, पत्नी र दुई नाबालक छोरा छन्। Post Views: 344 Post navigation भद्रपुर जेसीजको साताव्यापी कार्यक्रम समापन/तीन महिने विद्युत जडान तालिम शुरू दूर्व्यसन विरुद्ध सचेतना कार्यक्रम
भद्रपुर नगरपालिका ६ नम्बर वडा कार्यालयले वडा भित्रका निम्न आय भएका ५० जना छनोट गरी सोही वडा निवासी मीना राजवंशीको सहयोगमा फाइवर सिरक वितरण २७ मंसिर २०८१, बिहीबार १४:५५