• Tue. Apr 23rd, 2024

युवा उद्योगी आदित्य चिया उत्पादक संघको अध्यक्ष निर्वाचित

BySaptahik Samachar

४ फाल्गुन २०८०, शुक्रबार १४:५५ ४ फाल्गुन २०८०, शुक्रबार १४:५५ ४ फाल्गुन २०८०, शुक्रबार १४:५५

भद्रपुर, फागुन ४ । नेपाल चिया उत्पादक संघ केन्द्रीय समिति झापाको अध्यक्षमा आदित्य पराजुली सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

शुक्रबार भद्रपुरमा सम्पन्न संघको १५ औँ साधारणसभाबाट अध्यक्षमा युवा व्यवसायी पराजुली सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

समितिको उपाध्यक्षमा शिवकुमार गुप्ता, महासचिवमा शुक्रबहादुर दाहाल, सचिवमा सागर घिमिरे, कोषाध्यक्षमा प्रकाश उप्रेती सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत गोपाल गिरीले जानकारी दिनुभयो ।

त्यस्तै, सदस्यहरुमा दिपेश ढकाल, राजेन्द्रकुमार सिंह, रमेश पराजुली , मनोज श्रेष्ठ, सुवास शाक्य र दिपक पाठक निर्वाचित हुनुभएको छ ।

यसअघि भएको साधारणसभामा महासचिव शिवकुमार गुप्ताले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विनयराज पोखरेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो। संघका अध्यक्ष सुरेशकुमार अग्रवालको अध्यक्षतामा साधारण सभा भएको थियो ।

12 thoughts on “युवा उद्योगी आदित्य चिया उत्पादक संघको अध्यक्ष निर्वाचित”

Leave a Reply

Your email address will not be published. Required fields are marked *