• Sat. Jul 27th, 2024

युनिटी क्लबद्वारा निःशुल्क आँखा शिविर

BySaptahik Samachar

२८ फाल्गुन २०७८, शनिबार १९:०८ २८ फाल्गुन २०७८, शनिबार १९:०८ २८ फाल्गुन २०७८, शनिबार १९:०८

भद्रपुर २८, फागुन /झापाको भद्रपुर – ५ मा क्रियाशील सामाजिक संस्था युनिटी युथ क्लबले शनिबार एक दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ। राजधानी काठमाडौंको हेल्पिङ ह्याण्ड्स कम्युनिटी हस्पिटल र झापा काँकडभिट्टामा संचालित मेची नेत्रालयको प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँचसंगै सामान्य औषधि र आवश्यकता अनुसार निःशुल्क रूपमै रिडिङ् ग्लास (चश्मा) पनि वितरण गरिएको थियो।
युनिटी युथ क्लबका अध्यक्ष संजिव दासको अध्यक्षतामा भएको आँखा शिविरबाट ५ सय जनाले सेवा लिएको सहयोगी धर्म राईले जनाउनुभयो। हेल्पिङ ह्याण्डले निःशुल्क चश्मा उपलब्ध गराएको शिविरबाट पत्ता लागेका अप्रेशन गर्नुपर्ने आँखा रोगीलाई स्वास्थ्य बीमाको सुविधा मार्फत मेची नेत्रालयले अप्रेशन गरिदिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *