भद्रपुर १०,फागुन / रूसले युक्रेनमा विद्रोह गरिरहेको दुई युक्रेनी प्रान्तीय क्षेत्रलाई स्वतन्त्र राज्यको रुपमा मान्यता दिएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वमा रहेको र रूससंग सीमाना जोडिएको विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्यको रुपमा मान्यता दिएको हो। रूसले स्वतन्त्र राज्यको मान्यता दिएको दुई राज्यमा डोनेस्क र लुहान्स्क हुन्। सो क्षेत्रमा सन् २०१४ देखि नै स्वतन्त्र राज्यको माग गर्दै विद्रोहीहरूले हिंसात्मक गतिविधि गर्दै आएका छन् । रूसी समर्थक मानिएका उनीहरूलाई रूसले अप्रत्यक्षढंगले सहयोग गर्दै आएको थियो। रूसले स्वतन्त्र राज्यको मान्यता दिएसंगै राष्ट्रपति पुटिनले यी दुई राज्यमा शान्ति स्थापना गर्न खातिर रूसी सेनालाई पठाउन आदेश समेत दिइसकेका छन्। यो घटना पछि रूस र युक्रेनी सेनावीच तनाव बढ्ने देखिएको छ। Post Views: 350 Post navigation आइसीसी टी-२०मा नेपाल सेमिफाइनलमा टी-२०विश्व कपको फाइनलमा पुग्न नेपाल असफल