• Sat. Jul 27th, 2024

मोदी-देउवा टेलिफोन वार्ता, रोकिएको खोप चाँडै दिन भारत प्रतिबद्ध

BySaptahik Samachar

४ श्रावण २०७८, सोमबार १६:२४ ४ श्रावण २०७८, सोमबार १६:२४ ४ श्रावण २०७८, सोमबार १६:२४

भद्रपुर ४, साउन /साप्ताहिक समाचारदाता /प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमवार टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार दुई प्रधानमन्त्रीबीच सोमबार सौहार्दपूर्वक कुराकानी भएको थियो ।
राष्ट्रपति विद्या देवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरिसकेर पनि भारतले देउवालाई औपचारिक बधाई दिएको थिएन । आइतवार देउवाले संसदवाट विश्वासको मत लिएपछि भारतीय प्रधानमन्त्री मोदीले औपचारीक बधाई दिएका हुन् ।सन् २०२२ सम्म कोरोनाको खोप दिन सकिन्न भन्दै जवाफ दिएको भारतले अब छिटै खोप दिने प्रतिवद्धता जनाएको छ ।

यस अघिको एमाले सरकारले खोपका लागि अग्रिम भुक्तानी दिएर पनि भारतले खोप उपलब्ध गराएको थिएन । १० लाख डोज खोपको लागि नेपालले अग्रिम भुक्तानी दिइसकेको छ । तर प्रधानमन्त्री शेरवहादुर देउवालाई भने भारतले खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *