• Fri. Oct 18th, 2024

मेडिकल सुपरिटेन्डेन्ट खड्कालाई क्षयरोग संस्थाको स्वागत

BySaptahik Samachar

२४ भाद्र २०८०, आईतवार १८:३१ २४ भाद्र २०८०, आईतवार १८:३१ २४ भाद्र २०८०, आईतवार १८:३१

भद्रपुर २४,भदौ / प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामवावू खड्कालाई नेपाल क्षयरोग निवारण संस्था झापाले स्वागत सम्मान गरेको छ। संस्थाको कार्यालय भद्रपुरमा आइतबार आयोजित एक अनौपचारिक कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर खड्कालाई स्वागत-सम्मान गर्दै कार्यकाल सफलताकाे शुभकामना सहित वधाई ज्ञापन गरेको हो ।
क्षयरोग निवारण संस्थाका झापा सभापति गोपालवहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य गोपाल श्रेष्ठ, संस्थाका झापा उपसभापति धनजुजु श्रेष्ठ, सचिव केदार महत तथा सदस्यहरू गोविन्द कोइराला र गोपाल गिरीले खादा माला अर्पण गर्दै वधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

सो अवसरमा डाक्टर खड्काले अस्पतालको स्तरोन्नतिमा समाजका सवै पक्षको सहयोगको अपेक्षा गर्नुभयो। उहाँले क्षयरोग निवारण संस्थासंग हातेमालो गर्दै क्षयरोग विरुद्धको अभियानमा सहकार्य गरेर अघि बढ्ने पनि प्रतिवद्धता प्रकट गर्नुभयो।

2 thoughts on “मेडिकल सुपरिटेन्डेन्ट खड्कालाई क्षयरोग संस्थाको स्वागत”
  1. First off I would like to say superb blog! I had a quick question that I’d like to ask if
    you don’t mind. I was interested to know how you center
    yourself and clear your mind before writing. I have had difficulty clearing my thoughts in getting my ideas out there.
    I truly do enjoy writing however it just seems like the first 10 to 15 minutes are
    usually lost simply just trying to figure out how
    to begin. Any recommendations or tips? Thank you!

Leave a Reply

Your email address will not be published. Required fields are marked *