• Wed. Feb 28th, 2024

मेची रङ्गशालामा झापाका पालिकाबीच फुटबलको भिडन्त तयारी

BySaptahik Samachar

२८ आश्विन २०८०, आईतवार १७:३९ २८ आश्विन २०८०, आईतवार १७:३९ २८ आश्विन २०८०, आईतवार १७:३९

———— गोपाल गिरीबाट

भद्रपुर २८ असोज / भद्रपुर झापा गोल्ड कप फुटबल प्रतियोगिता सानदार सम्पन्न भएको मेची रङ्गशालामा पालिका स्तरीय फुटबल प्रतियोगिता सम्पन्न गर्न आयोजक समिति जुटेको छ। दशैँ तिहार सकिए लगत्तै मङ्सिर ७ गतेबाट सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न आयोजक समिति आक्रामक ढङ्गले जुटेको हो।

भद्रपुर झापा गोल्ड कप समितिको आइतबार बडा दशैँको सम्मुख शुभकामना आदान प्रदान गर्न समेत बसेको बैठकले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न समितिका पदाधिकारी सदस्यहरूलाई जिम्मेवारी बाँडफाँट गरिएको छ।

भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा बसेको बैठकमा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, कोसी प्रदेश उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा मुख्य सल्लाहकार टिकाराज ढकाल,नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व प्रशिक्षक हरि खड्का,पत्रकार गोपाल गिरी, उपाध्यक्ष डिल्लीराम घिमिरे, आमन्त्रित उपाध्यक्ष बाबुराम पराजुलीले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो भने सचिब टहलदाश मैनालीले स्वागत र महासचिव जीवनकुमार श्रेष्ठले बैठक संचालन गर्नुभएको थियो ।

झापाका १५ वटै पालिकाबीच लिग कम नकआउटका आधारमा मङ्सिर ७ गतेबाट सञ्चालन हुने प्रतियोगिता पुस ६ गतेसम्म चल्नेछ। ” अहिले पालिकाहरू टीम व्यवस्थापनको तयारीमा जुटेका छन्। विजेता टीमले नगद रू ३ लाख र उपविजेताले नगद २ लाख सहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछ” – आयोजक भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकालले भन्नुभयो “प्रतियोगिता सम्पन्न गर्न ८० लाख खर्च हुने अनुमान गरिएको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *