• Fri. Jan 23rd, 2026

मेची प्रादेशिक अस्पताललाई १० थान पोटेवल मेडिकल टेवल

BySaptahik Samachar

५ पुष २०८१, शुक्रबार २०:२१ ५ पुष २०८१, शुक्रबार २०:२१ ५ पुष २०८१, शुक्रबार २०:२१

भद्रपुर ५, पुस / प्रेस क्लब अफ भद्रपुरको समन्वयमा भद्रपुरस्थित  प्रादेशिक अस्पताल भद्रपुरलाई १० थान पोटेवल मेडिकल टेवल हस्तान्तरण गरिएको छ ।
प्रेस क्लब अफ भद्रपुरको समन्वयमा नेपाल जेसियु सोसाइटीले मोरान मेमोरियल स्कुल भद्रपुर ६ तथा सेन्ट जेभियर्स स्कुल विर्तामोड ८ बाट प्राप्त ५-५ थान पोटेवल मेडिकल टेवल अस्पताललाई प्रदान गरिएको हो ।
प्रेस क्लब अफ भद्रपुरका अध्यक्ष राजबाबु शंकरले अस्पतालमा आवश्यक रहेको टेबलको लागि भद्रपुर -७ निवासी गोविन्द कोइरालासँगको सहजीकरणमा   आकस्मिक उपचार कक्षका लागि ती टेबलको सहयोग जुटेको बताउनु भयो।
   क्लबका अध्यक्ष शंकरको अध्यक्षता तथा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ वरालको प्रमुख आतिथ्यमा सम्पन्न हस्तान्तरण कार्यक्रममा भद्रपुर नगर पालिकाका प्रमुख गणेश पाेखरेल र भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजले सो कार्यको प्रशंसा गरेका थिए।
कार्यक्रममा सामग्री बुझ्दै निमित्त मेडिकल सुपरिटण्डेन्ट डा. रामबाबु खड्काले सवैको समान पहुँच हुने तथा स्तरीय उपचार सेवा प्रदान गर्ने निकायका रूपमा अस्पतालको स्वरूप बनाउन आफू लागि पर्ने प्रतिबद्धता प्रकट गर्नुभएको थियो।
नेपाल जेसियु सोसाइटीका प्रतिनिधि फादर दिलिपले समेत धारणा राखेको सो कार्यक्रमको सञ्चालन
गोविन्द कोइरालाले गर्नु भएको थियो भने कार्यक्रममा भद्रपुर ५ का वडाध्यक्ष बन्धु कार्की, रेडक्रस सोसाइटी भद्रपुरका सचिव केदार महत लगायत स्वास्थ्य तथा सञ्चार सम्बद्ध व्यक्तिहरूको उपस्थिति थियो ।

127 thoughts on “मेची प्रादेशिक अस्पताललाई १० थान पोटेवल मेडिकल टेवल”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *