• Sat. Jul 27th, 2024

मेची क्याम्पस प्रमुखमा तीन जनाको नाम सिफारिस

BySaptahik Samachar

१५ चैत्र २०८०, बिहीबार १७:४२ १५ चैत्र २०८०, बिहीबार १७:४२ १५ चैत्र २०८०, बिहीबार १७:४२

भद्रपुर १५,चैत / मेची बहुमुखी क्याम्पसको व्यवस्थापन समितिले क्याम्पस प्रमुखमा तीन जनाको नाम सिफारिस गरेको छ। समितिको आज बिहान बसेको बैठकले आगामी ४ वर्षको लागि क्याम्पस प्रमुखमा साविक क्याम्पस प्रमुख जीवन पोखरेल, शारदानन्द झा र झगप्रसाद बरालको नाम सिफारिस गरेको हो।

त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको सञ्चालक समितिले छनोट गरेको सर्च कमिटीले सिफारिस गरेको नामलाई सञ्चालक समिति अनुमोदन गर्दै त्रिविमा पठाउने निर्णय भएको हो। सिफारिस गरिएका नामलाई नै त्रिवि उपकुलपतिले क्याम्पस प्रमुखमा नियुक्ति गर्ने प्रचलन रहेको छ। सामान्यतः एक नम्बरमा परेको नामलाई नै नियुक्त गर्ने गरिएको छ।
क्याम्पसका साविक क्याम्पस प्रमुख जीवन पोखरेलको पदावधि यही चैत २४ गते समाप्त हुँदैछ।
यसैगरी क्याम्पस व्यवस्थापन समितिको सोही वैठकले क्याम्पस हाताभित्र रहेको क्रिकेट मैदानको स्तर बृद्धि तथा संघ संस्थासँग सम्झौताका लागि पूर्व क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ ।
समितिमा संयोजक श्रेष्ठ सहित पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहाल, वडाध्यक्ष गौरव सुब्बा, सह प्राध्यापक होमप्रसाद सिटौला, क्याम्पसकै अतिरिक्त क्रियाकलाप प्रमुख डम्बरप्रसाद रेग्मी, प्राध्यापक संघका अध्यक्ष लीला अधिकारी, कर्मचारी संघका अध्यक्ष शंकर मैनाली र स्ववियु अध्यक्ष सन्देश धमलालाई पदेन सदस्यमा राखिएको छ। क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पृथ्वीबिक्रम राईको अध्यक्षतामा भएको वैठकले समितिको सदस्य सचिवमा क्याम्पसका प्रशासक हेमराज प्रसाईंलाई राखेको छ।

One thought on “मेची क्याम्पस प्रमुखमा तीन जनाको नाम सिफारिस”

Leave a Reply

Your email address will not be published. Required fields are marked *