• Sat. Jul 27th, 2024

मृगौला रोगी शिक्षकलाई सहयोग जुट्दै

BySaptahik Samachar

१ भाद्र २०७८, मंगलवार २१:२३ १ भाद्र २०७८, मंगलवार २१:२३ १ भाद्र २०७८, मंगलवार २१:२३

भद्रपुर १,भदौ/साप्ताहिक समाचारदाता /मृगौला प्रत्यारोपण गर्नु पर्ने अवस्थामा पुगेका भद्रपुरका दुई शिक्षकहरूको उपचारका लागि रकम जुट्ने क्रम जारी छ। शिक्षक महासंघ भद्रपुर नगर समितिले थालनी गरेको अभियान अन्तर्गत सोमबार र मङ्गलबार दुई दिनमा १७ हजार ५ सय बढी रकम संकलन भएको छ।

भद्रपुर मावि.का शिक्षक मो.बदरूद्दिन र वीरेन्द्र माविकी शिक्षक गीता भण्डारी बचाउ अभियानमा सहयोग रकम उठ्ने क्रम जारी रहेको शिक्षक महासंघ भद्रपुरका अध्यक्ष गणेश गिरीले जानकारी दिनुभयो। सोमबार जीवनज्योति आधारभूत विद्यालयका शिक्षक समूहबाट ६ हजार र मंगलबार दिपक प्रा वि बाट ४ हजार ५सय र विभिन्न विद्यालयका शिक्षक र विद्यार्थी समेतबाट ५ हजार ५५ रूपैयाँ संकलन भएको छ।
शिक्षक महासंघले मो. बदरूद्दिन – गीता भण्डारी बचाऊ अभियान संचालन गर्दै विद्यालय, व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, पूर्व शिक्षक र विद्यार्थी, पूर्व विद्यार्थी समक्ष सहयोगको याचना गर्दै अपिल जारी गरेको छ।दुवै शिक्षकको दुवै मृगौला फेल भएर प्रत्यारोपण गर्नुपर्ने भएको छ। मृगौला प्रत्यारोपण गर्न उहाँहरू दुवैजनालाई भारत लैजाने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *