• Fri. Oct 25th, 2024

मारवाडी भाषाको पहिलो एकल कविता वाचन भद्रपुरमा हुँदै

BySaptahik Samachar

७ माघ २०८०, आईतवार २०:५८ ७ माघ २०८०, आईतवार २०:५८ ७ माघ २०८०, आईतवार २०:५८

भद्रपुर ७,माघ / यही माघ १२ गते भद्रपुरमा मारवाडी भाषाका साहित्यकार सत्यनारायण तायलको एकल कविता वाचन हुने भएकाे छ। डाइनामिक ग्रुप नेपालको सातौं बार्षिकोत्सवको अवसरमा कविता वाचनसहित विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने आयोजकले जनाएका छन्।
मारवाडी समुदायको प्रतिनिधित्व गर्दै झापाका प्रायः साहित्यिक कार्यक्रमहरूमा सक्रियतापूर्वक कविता वाचन गर्न पुग्ने उहाँ भद्रपुर – ५ को स्थायीबासी हुनुहुन्छ। मारवाडी भाषामा एकल कविता वाचन गर्ने उहाँ मारवाडी समुदायको सम्भवतः पहिलो कवि हुनु हुनेछ।

पेसाले उद्योगी भएपनि साहित्य र समाजसेवामा रूचि राख्नुहुने उहाँले आफ्ना कविताहरूको संकलन गरेर कविता संग्रह प्रकाशन गर्ने लक्ष्य रहेको साप्ताहिक समाचारलाई जनाउनुभएको छ।तायलका ५० वटा जति मारवाडी भाषाका कविता छन्।

Related Post

भद्रपुर रनको आय व्यय सार्वजनिक, लगभग दुई लाख बचत
झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।
यस बर्षको छैठ पूजा भव्यताका साथ सम्पन्न गर्न भद्रपुरबासी ऐक्यबद्ध
2 thoughts on “मारवाडी भाषाको पहिलो एकल कविता वाचन भद्रपुरमा हुँदै”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed