• Sat. Mar 2nd, 2024

मारवाडी युवा मञ्च भद्रपुरको अध्यक्षमा मोहित शर्मा सर्वसम्मत

BySaptahik Samachar

६ पुष २०८०, शुक्रबार २०:५७ ६ पुष २०८०, शुक्रबार २०:५७ ६ पुष २०८०, शुक्रबार २०:५७

भद्रपुर ६ पुस / मारवाडी युवा मञ्च भद्रपुरको अध्यक्षमा मोहित शर्मा सर्वसम्मत चयन हुनुभएको छ। मारवाडी युवा सङ्गठनका केन्द्रीय सदस्य हेमन्त सुरानाको प्रमुख आतिथ्य र मञ्चका भद्रपुर नगर अध्यक्ष दिपककुमार अग्रवालको अध्यक्षतामा शुक्रबार भएको अधिवेशनले ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो।
समितिको उपाध्यक्षमा अविनाश नाहटा, सचिवमा रोहित सरिया र कोषाध्यक्षमा राहुल साहेवाला रहनुभएको छ। त्यसैगरी, सदस्यहरूमा विकास अग्रवाल, प्रवेश अग्रवाल, विकास सिंघल, रमेश सिंघल, मनोज सरावगी, जीतु शर्मा ‘ जितेन्द्र ‘ र रजत धारेवा रहनुभएको छ।

3 thoughts on “मारवाडी युवा मञ्च भद्रपुरको अध्यक्षमा मोहित शर्मा सर्वसम्मत”

Leave a Reply

Your email address will not be published. Required fields are marked *