• Thu. May 23rd, 2024

मानवअधिकार सम्बन्धी सचेतना गोष्ठी सम्पन्न

BySaptahik Samachar

६ असार २०७९, सोमबार २२:०३ ६ असार २०७९, सोमबार २२:०३ ६ असार २०७९, सोमबार २२:०३

भद्रपुर ६,असार /राष्ट्रिय मानवअधिकार आयोग प्रदेश एकको आयोजनामा भद्रपुरमा सोमबार मानवअधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
भद्रपुर – ८ स्थित भद्रशिवा भगवती मन्दिरको प्रागंणमा भद्रशिवा आमा समुहकी अध्यक्ष प्रमिलादेवी कोइरालाको अध्यक्षता र वडा नम्बर ८ का अध्यक्ष गौरव सुव्वा-मनोजको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं १ का अधिकृतद्वय चिरन्जीवी कोइराला र गीता दाहालको सहजीकरणमा भएको कार्यक्रममा समुदायका स्थानीय ब्यक्तिहरुको उल्लेख्य सहभागिता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *