• Sat. Jul 27th, 2024

माधव जीहरुलाई कसरी उद्धार गर्ने भन्ने टेन्सन छ –प्रचण्ड

Bysaptahiksamachar

२९ फाल्गुन २०७७, शनिबार १५:४२ २९ फाल्गुन २०७७, शनिबार १५:४२ २९ फाल्गुन २०७७, शनिबार १५:४२

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले अदालतकाे फैसला पछि पूर्वगत अवस्थामा फर्किएकाे एमालेका नेता माधव कुमार नेपाललगायतका नेतालाइ कसरी उद्धार गर्ने भन्ने चिन्ता रहेका बताएका छ । 

 कार्यकर्ता  भेटघाट तथा प्रशिक्षणकालागी बुटबल पुगेका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रका कुनै समस्या नरहेकाे बताउँदै माधवकुमार नेपालहरु एमालेमा फर्किएको र अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई कसरी अघि बढ्ने भन्ने समस्या पैदा भएको बताए ।

उनले देशमा राजनैतिक संकट उत्पन्न भएपनि आफूहरुलाई कसरी संगठन निर्माण गर्ने भन्ने बाहेक अन्य राजनैतिक समस्या नभएको जिकिर गरेका छन्।

‘माधवजी एमालेमा फर्किएर गएपछि एमालेमा चाँही संकट उत्पन्न भएछ । अहिले सजिलोमा भएको कुनै पार्टी छ भने माओवादी मै छ । हामीसँग विदेशी शक्ति छैन । भएपनि एउटा दुईटा होला । हामी दुख गरेर कसरी संगठन निर्माण गर्ने भन्ने संकटमा त छौँ तर अन्य समस्या हामी भित्र छैन् ।’ अध्यक्ष प्रचण्डले भने ‘हामीलाई राजनैतिक टेन्सन छैन् । माधव जीहरुलाइ कसरी रेस्क्यू गर्ने । कसरी उद्धार गर्ने भन्ने टेन्सन छ । तर मलाई नै चाही राजनीतिक कुनै टेन्सन छैन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *