भद्रपुर 14 मंसिर /नेकपा.माओवादी केन्द्रको भद्रपुर नगर अध्यक्षमा शिवकुमार राजभण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ। नगर अधिवेशनले उपाध्यक्ष खुलामा ज्ञानबहादुर गिरी, महिला उपाध्यक्षमा स्वर्णिका सिंह र समावेशी उपाध्यक्षमा मोहम्मद हजरत अली निर्विरोध निर्वाचित गरेको छ ।
त्यस्तै, नगर सचिवमा हंशधर राजवंशी, सहसचिवमा चूडामणि (राजु)दाहाल र कोषाध्यक्षमा कल्पना राई चयन हुनुभएको पार्टी स्रोतले जानकारी दिएको छ। नेतृत्व सर्वसम्मत बनाउने कसरतका कारण अधिवेशन तीन दिनसम्म लम्बिएको थियो। अधिवेशनले ६५सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको जनाइएको छ।