• Sat. Jul 27th, 2024

महानगरको प्रमुख उपप्रमुखका लागि गठबन्धनमा सहमति

BySaptahik Samachar

६ बैशाख २०७९, मंगलवार २०:०५ ६ बैशाख २०७९, मंगलवार २०:०५ ६ बैशाख २०७९, मंगलवार २०:०५

काठमाडौँ, ६ वैशाख / स्थानीय तहको चुनावमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका पाँच दलले महानगरपालिकाका मेयर र उपमेयर पदको भागबन्डा गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले छ वटा महानगरपालिकाको मेयर र उपमेयर पदको भागबन्डा गरेको हो । तर, त्यसबारे औपचारिक निर्णय सार्वजनिक भने भएको छैन ।
बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर पाएको छ । नेकपा माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगन्ज र नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिकाको मेयर पाएका छन् ।
त्यस्तै, उपमेयरतर्फ वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर नेपाली कांग्रेसले लिएको छ भने ललितपुरको उपमेयर माओवादी केन्द्रले पाएको छ । काठमाडौंको उपमेयर एकीकृत समाजवादी र विराटनगरको उपमेयर जसपाले पाएको छ । दलहरूले अघिल्लो निर्वाचनमा जितेका स्थानीय तहलाई प्राथमिकतामा राखेर भागबन्डा गरेका हुन् ।
‘मोटामोटी सहमति बनेको छ । तर, लिखित निर्णय हुन बाँकी छ,’ ती नेताले भने, ‘सामान्यतः माइन्युट नभएसम्म निर्णय भएको मानिँदैन, त्यो हुन बाँकी छ ।’ अहिले नेताहरूबीच ११ उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको सिट बाँडफाँटबारे छलफल भइरहेको छ । ती सवै पदको सहमति पछि एकै पटक निर्णय सार्वजनिक गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *