• Sat. Mar 2nd, 2024

महादानी गोयलद्वारा सङ्ग्रान्ति मनाउन खाद्यान्न सहयोग

BySaptahik Samachar

२७ पुष २०८०, शुक्रबार १६:४० २७ पुष २०८०, शुक्रबार १६:४० २७ पुष २०८०, शुक्रबार १६:४०
तस्विरः साप्ताहिक समाचार

भद्रपुर २६,पुस / समाजसेवी दीनबन्धु गोयलले भद्रपुर–६ भातियाबाडीस्थित स्व.ओमप्रकाश गोयल कोलोनीमा बसोबास गर्ने परिवारलाई माघे सङ्क्रान्ति मनाउन खाद्यान्न सामग्री प्रदान गर्नुभएको छ।
भातियाबाडीमा उहाँले निर्माण गरी हस्तान्तरण गर्नुभएको १४ घरपरिवार र अन्य एक परिवार छनोट गरी शुक्रबार एक संक्षिप्त कार्यक्रममा खाद्य सामग्री वितरण गरिएको हो।
दाता गोयल आफू उपस्थित नभए पनि उहाँले स्थानीय आफ्ना प्रतिनिधि मार्फत चामल २६ केजी, तोरी तेल २ लि.,मसुर दाल २ केजी, आलु ५ केजी, नुन ५ केजी, सोयाविन एक प्याकेट, सखर २ केजी, मुरै २ केजी र सङ्ग्रान्तिका लागि मरमसला आदिका लागि भनेर नगद ५ सय रूपैयाँ प्रदान गर्नुभएको हो।
आफ्ना दाजु स्व. ओमप्रकाश गोयलको स्मृतिमा २०८० बैशाख १० गते उहाँले लगभग एक करोड रूपैयाँ खर्च गरेर भद्रपुर -६ स्थित भातियाबाडीमा १४ परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गर्नुभएको छ।

घर हस्तान्तरण गरिएका तिनै परिवारलाई माघे सङ्क्रान्ति मनाउन खाद्यान्न सहयोग गर्नु भएको हो। भद्रपुर नगरपालिकाको समन्वयमा सो स्थानलाई ओम गोयल कोलोनी मार्ग नामकरण गरिएको छ।
त्यसरी राहत सामग्री प्राप्त गर्ने परिवारमा राजो माझी,श्याम माझी,रमेश माझी,शर्मिला माझी, प्रमिला माझी, धन राजवंशी, निर्मला राजवंशी रहेका छन्। त्यस्तै, भेलासरी राजवंशी, विमला माझी, सुमित्रा माझी, सलवहादुर दास, लखन माझी, सेवानन्द माझी, रविन माझी र शान्ति माझीलाई वडाध्यक्ष रतिया राजवंशीको अध्यक्षतामा गोयलका प्रतिनिधि सजल कुण्डु, समाजसेवीहरू जयन्ती मानी लगायतले ती सामग्री हस्तान्तरण गरेका थिए। गोयलले केही दिन अघि तिनै परिवारलाई जाडोको लागि भन्दै प्रति परिवार एक/एक थान कम्बल प्रदान गर्नुभएको थियो।

3 thoughts on “महादानी गोयलद्वारा सङ्ग्रान्ति मनाउन खाद्यान्न सहयोग”
  1. Hmm it seems like your blog ate my first comment
    (it was super long) so I guess I’ll just sum it up what I submitted and say,
    I’m thoroughly enjoying your blog. I too am an aspiring blog
    blogger but I’m still new to everything. Do you have any
    points for rookie blog writers? I’d certainly appreciate it.

  2. I’m not sure where you are getting your information, but great
    topic. I needs to spend some time learning more or understanding
    more. Thanks for magnificent info I was looking for this info for my mission.

  3. Fantastic beat ! I would like to apprentice
    while you amend your web site, how could i subscribe for
    a blog site? The account helped me a acceptable
    deal. I had been tiny bit acquainted of this your broadcast offered
    bright clear idea

Leave a Reply

Your email address will not be published. Required fields are marked *