• Sat. Jul 27th, 2024

मच्छिन्द्र क्लब भद्रपुर झापा गोल्डकपको फाइनलमा

BySaptahik Samachar

१४ फाल्गुन २०७९, आईतवार १८:२८ १४ फाल्गुन २०७९, आईतवार १८:२८ १४ फाल्गुन २०७९, आईतवार १८:२८

विभागीय टोली सशस्त्रको एपीएफ वाहिरियो

भद्रपुर १४,फागुन / मच्छिन्द्र फुटबल क्लब प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र उपाधि नजिक पुगेको हो ।
जीतसँगै मच्छिन्द्रले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग भीडन्त पक्का गरेको हो। उपाधि भीडन्त मंगलबार हुनेछ । फाइनल प्रवेशसँगै मच्छिन्द्रले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ ।
मच्छिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले गोल गरे । श्रेष्ठको गोल नै निर्णायक बन्यो । खेलको १७ औँ मिनेटमा डिबक्सभित्र आन्द्रेस नियाको चलाखीपूर्ण पासलाई सदुपयोग गर्दै श्रेष्ठले जाली चुमाएका थिए ।
दर्शकले भरिभराउ रंगशालामा गत वर्षको लिग च्याम्पियन मच्छिन्द्रले गोल गरेपछि एपिएफ दबाबमा परेको थियो ।

दोस्रो हाफमा एपिएफले खेल सुधारे पनि निकै प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रलाई एपिएफले दोस्रो हाफमा रोक्न सफल भयो । एपिएफले पाएको मौकाहरु सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाट बाहिरिनु पर्यो ।
आइतबारको खेलको प्लेयर अफ द म्याच मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।

फागुन ७ गतेदेखि सुरु भएको गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो ।
प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

One thought on “मच्छिन्द्र क्लब भद्रपुर झापा गोल्डकपको फाइनलमा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *