• Sat. Jul 27th, 2024

सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गर्न गठबन्धनको जित आवश्यक

BySaptahik Samachar

२५ कार्तिक २०७९, शुक्रबार २१:०५ २५ कार्तिक २०७९, शुक्रबार २१:०५ २५ कार्तिक २०७९, शुक्रबार २१:०५

भद्रपुर, २५ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आज गठबन्धनको चुनावीसभालाई एउटै मञ्चबाट सम्बोधन गरेर एक आपसमा भोट मागेका छन् ।

चन्द्रगढीको ट्रेड युनियन चोकको गिरिजा स्मृति सभाहल अगाडिको चौरमा आयोजित सभालाई प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ का उम्मेदवार शर्मा र क्षेत्र नम्बर ३ का उम्मेदवार सिटौलाले सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो । दुवै जनाले गठबन्धन चुनावपछि पनि निरन्तर कायम रहने बताउँदै दुबैले एक अर्काका लागि भोट माग्नुभएको थियो ।

नेता सिटौलाले मुलुकको आमूल परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा मात्र सफल भएको भन्दै क्षेत्र नं ३ बाट जनताका लागि पनि आफूले जित्नै पर्ने बताउनुभयो ।

यसैगरी काग्रेस महामन्त्री शर्माले देशमा सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गर्न गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो ।
उहाँले झापा क्षेत्र नं १ को शिक्षा, स्वास्थ्यलगायतका विकास निर्माणका लागि आफ्नो जित सुनिश्चित भएको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाको समानुपातिकतर्फका उम्मेदवार सरिता प्रसाईं, प्रदेशसभातर्फका उम्मेदवारहरू श्यामवीर लिम्बू, गोपाल तामाङ, भूमिप्रसाद राजवंशीलगायतले संविधानको संरक्षण र विकासका लागि गठबन्धनलाई जिताउनु पर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *