• Sat. Jul 27th, 2024

भारतको गलगलियामा रेक प्वाइन्ट निर्माणको सम्भावना

BySaptahik Samachar

११ कार्तिक २०७९, शुक्रबार २१:३६ ११ कार्तिक २०७९, शुक्रबार २१:३६ ११ कार्तिक २०७९, शुक्रबार २१:३६

भद्रपुर, 11 कात्तिक / नेपालको पूर्वी सीमा नाका भद्रपुर हुँदै भारत जाने विहारको गलगलियामा रेक प्वाइन्ट बन्ने सम्भावना बढेको छ।भारतको पश्चिम बंगालसंगै जोडिएको विहारको गलगलिया रेलवे स्टेशन स्थित परिसरमा रेक प्वाइन्ट निर्माण कार्यलाई अगाडि बढाउने तयारी भएको हो।भारत सरकारले पश्चिम बंगालसंग नेपालको सीमाना जोडिएको विहारको गलगलियामा रेल्वे रेक प्वाइन्टको लागि विस्तृत जानकारी मांग गर्दै भारतीय रेल, सञ्चार एवं इलेक्ट्रोनिकी और सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले सो क्षेत्रका सांसद डा. मोहम्मद जावेदलाई पत्राचार गरेका छन्। मन्त्री वैष्णवले आफ्नो लेटर प्याडमा सांसद जावेदलाई सम्वोधन गर्दै लेखेको पत्रमा किशनगन्ज जिल्ला अन्तरगतको गलगलियामा रेक प्वाइन्ट सम्बन्धी विस्तृत जानकारी माग्नुभएको छ।

भद्रपुर छेउ नेपाल भारत सीमा नदी मेचीमा नेपाल सरकारले दुई तर्फी आवतजावत गर्ने गरी पक्की पुल निर्माण गरेको छ। सो पुल निर्माण संगै विकासका दृष्टिले पछि परेको किशनगन्ज जिल्ला अन्तरगतको ठाकुरगन्ज, गलगलिया क्षेत्रमा आवागमन बृध्दि भएको छ। नेपाल सरकारले भद्रपुर नाकालाई स्तरीकृत गर्दै छोटी भन्सार कार्यालयको बढोत्तरी गरेको छ भने यस नाकाबाट माल सामान ढुवानी र स्टक राख्ने गरी बडी लाइन ब्रोडगेज रेलवे यार्ड र रेक प्वाइन्ट निर्माणका लागि भारत सरकारसँग पनि विभिन्न ढंगले मांग र पहल जारी राखेको छ। ‘ नेपालका उद्योगी व्यवसायी र भारतीय पक्षको निरन्तरको प्रयासका वावजुत रेक प्वाइन्टको वारेमा मन्त्रीबाट चासो सुरु भएको’ – नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष प्रदीपमणि रेग्मीले बताउनुभयो। गलगलियामा रेल्वे रेक प्वाइन्ट निर्माण भए नेपाल र भारतकै यस क्षेत्रलाई वढी लाभ र विशेष गरेर ग्रामीण किसान र उद्योगी व्यवसायी लाभान्वित हुनेछन्।

One thought on “भारतको गलगलियामा रेक प्वाइन्ट निर्माणको सम्भावना”
  1. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Leave a Reply

Your email address will not be published. Required fields are marked *