• Sat. Mar 2nd, 2024

भद्रशिवा आमा समूहको २७ औं साधारण सभा सम्पन्न

BySaptahik Samachar

११ माघ २०८०, बिहीबार १६:४८ ११ माघ २०८०, बिहीबार १६:४८ ११ माघ २०८०, बिहीबार १६:४८

साविक कार्यसमिति नै आगामी कार्यकालका लागि सर्वसम्मत

भद्रपुर ११,माघ / भद्रशिवा आमा समूहको २७ औं वार्षिक साधारणसभा भद्रशिवा भगवती मन्दिर परिसरमा विहीबार सम्पन्न भएको छ। स्वस्थानी पूर्णिमाको अवसरमा २०५४ सालबाट स्थानीय आमाहरूले प्रारम्भ गरेको आमा समूहले भद्रशिवा महिला बचत तथा ऋण सहकारी संस्था,भद्रशिवा मन्दिर व्यवस्थापन र अहिले आएर भद्रशिवा नौमती बाजा समूह सञ्चालन गरिरहेको छ।
आमा समूहकी अध्यक्ष प्रमिला कोइरालाको अध्यक्षता र समूहकी जेष्ठ तथा अग्रज समाजसेवी महिला रेखादेवी ढकाल “कान्छी दिदी”-को प्रमुख आतिथ्यमा भएको साधारण सभामा नौमती बाजा खरीदका लागि सहयोग गर्ने दाता, वार्षिकोत्सव पूर्व आयोजित खेलकुद कार्यक्रम र नौमती बाजा बजाउने महिला समूहलाई पुरस्कार तथा सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि ढकाल, महिला नेतृ तारा भुर्तेल, समाजसेवीहरू इमानाथ कट्टेल, गोपाल गिरी, केदार महत, शान्ता बराल, घनेन्द्र शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
अध्यक्ष कोइरालाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष अनुराधा सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा उपाध्यक्ष सारिका भूर्तेलले स्वागत मन्तव्य र महासचिव शुशिला उप्रेती-प्रसाईंले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
सो साधारण सभाले आगामी कार्यकालका लागि चालु कार्यसमितिलाई नै जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।साधारण सभाले अध्यक्ष प्रमिलादेवी कोइरालाको समितिलाई नै सर्वसम्मत चयन गरेको हो।

समितिको उपाध्यक्षमा सारिका ढुङ्गाना, महासचिवमा शुशिला उप्रेती-प्रसाईं, सचिव पार्वती रिसाल – दाहाल र कोषाध्यक्षमा अनुराधा सापकोटा हुनुहुन्छ। त्यस्तै, साविता पोखरेल,भगवती बस्नेत,कोपिला पौडेल, मिथिला ढकाल, ख्यामकुमारी खतिवडा र हिमा पौडेलले सदस्य दोहोर्याउने गरी साधारण सभाले अनुमोदन गरेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *