• Mon. Jan 13th, 2025

भद्रपुर ६ नं.वडाको न्यानो अभियान : वडाबासीलाई कम्बल वितरण

BySaptahik Samachar

२० पुष २०८०, शुक्रबार २०:१४ २० पुष २०८०, शुक्रबार २०:१४ २० पुष २०८०, शुक्रबार २०:१४

भद्रपुर २०,पुस / झापा,भद्रपुरको ६ नम्बर वडा कार्यालयले वडाका महिला तथा जेष्ठ सदस्यलाई जाडोका लागि कम्वल वितरण गरेको छ। वडा अध्यक्ष रतिया राजवंशीको पहलमा विभिन्न दाताहरूबाट संकलन गरिएको सयवटा कम्वल शुक्रबार वितरण गरिएको हो।
भद्रपुरको ६ नम्बर वडास्थित मन्त्री चोकमा आयोजित कार्यक्रममा दाता गोविन्द सरिया तथा विनय गोयल, उत्तम राजवंशी, महेन्द्र राजवंशी, अगम राजवंशी,धकेन्द्र राजवंशी,समनसिं राजवंशी,कहरसिंह राजवंशी,नविन चापागाई र सत्यनारायण केवटद्वारा प्राप्त कम्बल १०० जनालाई वितरण गरिएको हो।

जाडोको समयमा एक जनालाई एउटा गरेर वितरण गरिएका न्यानो कम्बलले यहाँका एकल महिला, गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई राहत पुगेको प्रमुख अतिथि नगर प्रमुख गणेश पोखरेलले बताउनुभयो।

६ नं.वडा अध्यक्ष राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा रूद्र गौरी अम्विका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली, राजवंशी जाति भाषा तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तुलाराम राजवंशी, राजवंशी समाज विकास समितिका झापा अध्यक्ष उत्तमकुमार राजवंशी तथा दाता परिवारका विनय गोयलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा ६ नं.वडा सदस्य प्रकाश शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो।

1,794 thoughts on “भद्रपुर ६ नं.वडाको न्यानो अभियान : वडाबासीलाई कम्बल वितरण”