• Sat. Jul 27th, 2024

भद्रपुर रेडक्रसको मास्क वैंक कार्यक्रम जारी

BySaptahik Samachar

३२ श्रावण २०७८, सोमबार १८:३६ ३२ श्रावण २०७८, सोमबार १८:३६ ३२ श्रावण २०७८, सोमबार १८:३६

भद्रपुर ३२,साउन /झापामा कोरोना संक्रमण दर उच्च भएसंगै नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले साउन २६ गतेदेखि बृहत मास्क बैंक कार्यक्रम शुरु गरेको छ ।
नागरिकहरुलाई सचेत गराइ नियमित रुपमा मास्क प्रयोग गर्ने बानी पार्ने र कोरोना संक्रमणलाई न्यून गर्ने उद्देश्यले “हुनेले दिएर जाऔं, नहुनेले लिएर प्रयोग गरौं ” भन्ने नाराका साथ याे कार्यक्रम संचालन भैरहेको छ ।

उपशाखाको बिपद् कोष र दाता महानुभावहरुको सहयोगमा झापाको भद्रपुर बजार र सदरमुकाम चन्द्रगढी गरी दुई स्थानमा स्वयंसेवकहरू परिचालन गरी मास्क बितरण संचालन भइरहेको हो।
कार्यक्रम मार्फत हालसम्म १५ जना दाता मार्फत २०,००० मास्क प्राप्त भएकोमा आज छैटौं दिन सम्म आइपुग्दा ५ हजार मास्क खपत भएको नेरेसो. भद्रपुर उपशाखा झापाका सचिव दीप लिम्बुले जानकारी गराउनुभएकाे छ । कार्यक्रमको प्रभावकारिता बढ्दै गएको र यता आएर भद्रपुर जेसीज, रोटरी क्लब र भद्रपुरकै बिलिभर्स इस्टर्न चर्चले समेत सहभागिता जनाएको उहाँले बताउनुभयो। कार्यक्रम केही दिनसम्म जारी नै रहने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *