• Sat. Mar 2nd, 2024

भद्रपुर रेडक्रसको आयोजनामा आँखा शिविर

BySaptahik Samachar

२२ माघ २०८०, सोमबार २०:१२ २२ माघ २०८०, सोमबार २०:१२ २२ माघ २०८०, सोमबार २०:१२

भद्रपुर २२,माघ / नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको आयोजनामा भद्रपुरमा एक दिने निःशुल्क आँखा जाँच तथा मोतियाविन्दु अपरेशन शिविर सम्पन्न भएको छ। मेची आँखा अस्पताल सैनिक मोड विर्तामोडको प्राविधिक सहयोगमा भद्रपुर १० स्थित कृष्ण आधारभूत विद्यालयमा सम्पन्न आँखा शिविरमा २ सय ७० जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो।

परीक्षण गरिएका मध्ये १३ जनामा मोतियाविन्दु पाइएकोले अपरेशनका लागि मेची आँखा अस्पताल सैनिक मोड विर्तामोडमा रेफर गरिएको रेडक्रस भद्रपुरका सदस्य विकास कोइरालाले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *