• Fri. Oct 25th, 2024

भद्रपुर मारवाडी संघको अध्यक्षमा अजय पुनः सर्वसम्मत चयन

BySaptahik Samachar

२० फाल्गुन २०७९, शनिबार २२:१९ २० फाल्गुन २०७९, शनिबार २२:१९ २० फाल्गुन २०७९, शनिबार २२:१९

भद्रपुर २०,फागुन / झापाको सदरमुकाम भद्रपुरमा रहेको भद्रपुर मारवाडी संघको अध्यक्षमा अजय साहेवाला सर्वसम्मत चयन हुनुभएको छ। साहेवाला दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो ।
भद्रपुर ६ स्थित संघको कार्यालय परिसरमा यस वर्षको होली पर्वको सन्दर्भमा शनिबार साँझ आयोजना गरिएको होली मिलन समारोहको अवसर पारेर संघको नयाँ कार्यसमिति चयन गरिएको हो ।
मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवालको प्रमुख आतिथ्यमा आयोजित समारोहले सर्वसम्मत चयन गरेको कार्यसमितिको उपाध्यक्षमा विनय गोयल, सचिवमा मुकेश मित्रुका, सहसचिवमा गोपाल साहेवाला र कोषाध्यक्षमा दिलीप वंशल हुनुहुन्छ भने पुष्कर अग्रवाल, भाष्कर शर्मा, निर्मलकुमार अग्रवाल, दिवाकर शर्मा, सन्दीप अग्रवाल, जितेन्द्र शर्मा, अविनाश नाहाटा, महावीर मित्रुका र मोहित शर्मा सदस्य हुनुहुन्छ । यस्तै महेश मित्तल निवर्तमान अध्यक्षको रुपमा कार्यसमितिमा रहने नवनिर्वाचित अध्यक्ष साहेवालाले जानकारी दिनुभयो ।
भद्रपुर मारवाडी संघ, भद्रपुर मारवाडी युवा सञ्च, भद्रपुर मारवाडी महिला मञ्च तथा भद्रपुर मारवाडी युवती मञ्चले संयुक्तरुपमा आयोजना गरेको समारोहका बीच होलीसँग सम्बन्धित विविध सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरु रहेका थिए भने मारवाडी समुदायबाट शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कुत गरिएको थियो ।
उनीहरुलाई समारोहका प्रमुख अतिथि अग्रवाल, विशिष्ट अतिथि संघका पूर्व अध्यक्ष सत्यनारायण तायललगायतले पुरस्कार वितरण गरेका थिए ।
भाष्कर शर्मा र निलम गोयलले संयुक्त रुपमा सञ्चालन गरेको समारोहमा उल्लेख्य सहभागिता रहेको भद्रपुर मारवाडी मञ्चका पंकज शर्माले जानकारी दिनुभयो ।

Related Post

भद्रपुर रनको आय व्यय सार्वजनिक, लगभग दुई लाख बचत
झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।
यस बर्षको छैठ पूजा भव्यताका साथ सम्पन्न गर्न भद्रपुरबासी ऐक्यबद्ध
One thought on “भद्रपुर मारवाडी संघको अध्यक्षमा अजय पुनः सर्वसम्मत चयन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed