• Sun. Jul 21st, 2024

भद्रपुर भन्सारका चार कर्मचारी विरुद्ध मुद्दा दायर

BySaptahik Samachar

२७ मंसिर २०७८, सोमबार १९:५४ २७ मंसिर २०७८, सोमबार १९:५४ २७ मंसिर २०७८, सोमबार १९:५४

काठमाडौँ, 28 मंसिर /राजस्व अनुसन्धान विभागले भद्रपुर भन्सार कार्यालय झापाका एक अधिकृतसहित ४ जनाविरुद्ध राजस्व छलीको मुद्दा दायर गरेको छ । मालबस्तु जाँचपासमा लापरबाही गरेर राजस्व चुहावट गर्न सहयोग गरेको अभियोगमा भन्सार अधिकृत प्रमोद पौडेल तथा नायब सुब्बाहरू नानुका पोखरेल (आचार्य), लक्ष्मी विश्वकर्मा र किशोर आचार्य विरुद्ध मुद्दा दायर गरिएको हो ।
उनीहरूविरुद्ध सोमबार उच्च अदालत विराटनगरमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । उनीहरूविरुद्ध १ करोड ६० लाख ७५ हजार ३ सय ७८ रुपैयाँ बराबर बिगो माग दाबीसहित मुद्दा दायर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *