• Sat. Jul 27th, 2024

भद्रपुर झापा गोल्ड कपको सचिवालय समुद्घाटन

BySaptahik Samachar

२० बैशाख २०८०, बुधबार १९:४९ २० बैशाख २०८०, बुधबार १९:४९ २० बैशाख २०८०, बुधबार १९:४९

भद्रपुर २०,वैशाख / भद्रपुर झापा गोल्डकपको सचिवालय उद्घाटन भएको छ । बुधवार बिहान एक औपचारिक कार्यक्रमका बीच मेची रंगशाला परिसरमा रहेको पुरानो भवनमा कार्यालय स्थापना गरिएको हो ।
साबिक मेची अञ्चल खेलकुद विकास समितिको कार्यालयको रुपमा रहेको तर हाल जीर्ण र प्रयोगहीन भवनलाई मर्मत तथा स्तरोन्नति गरी भद्रपुर झापा गोल्डकपले कार्यालय स्थापना गरेको हो। दुई कोठे सोही भवनमा सचिवालय सहित बैठक कक्ष एउटा र अर्को कोठालाई लेखा शाखा बनाइएको छ ।
गत सिजनमा प्रथम संस्करणको प्रतियोगिता हुँदा गोल्डकप समितिले तेक्वान्दो संघको कार्यालय अस्थायी रुपमा प्रयोग गरेको थियो ।

गोल्डकपको संरक्षक तथा भद्रपुर नगर पालिका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र गोल्ड कप समितिका अध्यक्ष दिपेश ढकालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख पोखरेल र झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले कार्यालयको विधिवत् उद्घाटन गर्नुभएको थियो।


कार्यक्रममा भद्रपुर नगर प्रमुख पोखरेल, नगर उपप्रमुख राधा कार्की, मुख्य सल्लाहकार टिकाराज ढकाल , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो । महासचिव जीवनकुमार श्रेष्ठले स्वागत मन्तव्य सहित कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सन्चालन सचिव टहलदास मैनालीले गर्नुभएको थियो।
अध्यक्ष ढकालले मङ्सिर ७ गतेदेखि मेची रंगशालामा झापा जिल्ला स्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिता गर्ने तयारी भइरहेको र त्यसको लागि स्थानीय तहसंग समन्वय भइरहेको बताउनुभयो । उहाँले भद्रपुर झापा गोल्ड कप सम्पन्न गर्न सहयोग पुर्‍याउने सवैलाई धन्यवाद ज्ञापन गर्दै भद्रपुर केन्द्रित खेलकुदका अन्य विधामा पनि भद्रपुर झापा गोल्ड कपले सहकार्य गर्ने बताउनुभयो।

त्यस्तै, ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’ अन्तर्गत उमेर समूहका खेलाडी छनोटको कार्य भइरहेको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले फुटबल प्रतियोगिताको आय व्यय स्थानीय सञ्चार माध्यमबाट जानकारी गराइएको र लेखापरीक्षण पछि पत्रकार सम्मेलन मार्फत औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी भइरहेको पनि बताउनुभयो।

9 thoughts on “भद्रपुर झापा गोल्ड कपको सचिवालय समुद्घाटन”
  1. I highly advise steer clear of this platform. My personal experience with it was nothing but disappointment along with suspicion of deceptive behavior. Proceed with extreme caution, or better yet, seek out a trustworthy service for your needs.

  2. I highly advise to avoid this site. My own encounter with it has been only frustration along with suspicion of deceptive behavior. Exercise extreme caution, or even better, find a more reputable service to meet your needs.

  3. I highly advise to avoid this platform. My personal experience with it has been purely disappointment along with suspicion of fraudulent activities. Exercise extreme caution, or alternatively, find a trustworthy site for your needs.

  4. I strongly recommend stay away from this platform. My own encounter with it was only dismay as well as suspicion of deceptive behavior. Be extremely cautious, or even better, seek out a trustworthy site for your needs.

  5. You are so awesome! I don’t believe I’ve truly read through a single thing like that before. So wonderful to discover somebody with original thoughts on this topic. Seriously.. thank you for starting this up. This website is something that is needed on the internet, someone with a bit of originality.

  6. I’m impressed, I have to admit. Seldom do I come across a blog that’s both educative and interesting, and without a doubt, you have hit the nail on the head. The problem is an issue that too few folks are speaking intelligently about. Now i’m very happy I found this during my hunt for something relating to this.

  7. You made some really good points there. I checked on the net for more information about the issue and found most people will go along with your views on this site.

Leave a Reply

Your email address will not be published. Required fields are marked *