• Fri. Jan 23rd, 2026

भद्रपुर झापा गोल्ड कपको आय व्यय सार्वजनिक

BySaptahik Samachar

४ बैशाख २०८०, सोमबार १६:०५ ४ बैशाख २०८०, सोमबार १६:०५ ४ बैशाख २०८०, सोमबार १६:०५

४४ लाख ५९ हजार रकम बचत

भद्रपुर ४,वैशाख /भद्रपुर झापा गोल्डकपले भद्रपुरको मेची रङ्गशालामा सञ्चालित प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको आय-व्यय सार्वजनिक गर्ने निर्णय गरेको छ।
गोल्डकप कार्य समितिको रङ्गशालास्थित सचिवालयमा आइतबार बसेको वैठकले हालसम्मको रू.२ करोड ६३ लाख ९७ हजार ७ सय १३ आय र रू. २ करोड १९ लाख ३८ हजार ४ सय रूपैयाँको व्ययलाई अनुमोदन गरेको छ। वैठकमा खर्च भई वाँकी रहेको ४४ लाख ५९ हजार २ सय ८३ रूपैयाँ झापा गोल्डकपको नाममा रहेको राष्ट्रिय वाणिज्य वैंक भद्रपुर र एक्सल वैंक भद्रपुरको हिसाव खातामा मौज्दात रहेको जनाउँदै यथाशीघ्र लेखा परीक्षण गरी गराई सार्वजनिक गर्न सचिवालयलाई जिम्मेवारी प्रदान गरेको झापा गोल्डकप कार्यसमितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भद्रपुर गोल्ड कप कार्य समितिका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा बसेको वैठकले विषयगत खर्च उल्लेख गर्दै खेल मैदान तथा रङ्गशाला मर्मतमा ५२ लाख २८ हजार ७१७/-,आयोजक टीम व्यवस्थापन खर्च ११ लाख २७ हजार १८०/-,सहभागी टीम तथा अन्य खर्च ३६ लाख ६०हजार ६१५/-,सम्मान तथा पुरस्कार वितरण २६ लाख १८ हजार ६० /-रूपैयाँ खर्च भएको जनाइएको छ।

त्यस्तै गरी, पत्रकार खर्च १ लाख ६९ हजार, प्रचार प्रसार खर्च ४ लाख २६ हजार ५७०/-, प्रत्यक्ष प्रसारण कान्तिपुर टि भी खर्च १० लाख ४५ हजार १९६/-,कार्यालय खर्च ८ लाख ९७ हजार ३६७/-,प्रिन्टिङ खर्च ८ लाख ८० हजार ६५/-,उपहार तथा अतिथि व्यवस्थापन खर्च १२ लाख ३९ हजार ७६५/-,आयोजक समिति खर्च ७ लाख ८९ हजार ३४५/-,पोशाक तथा ब्याच व्यवस्थापन १० लाख ३२ हजार २७५/-, सांस्कृतिक कार्यक्रम खर्च २ लाख ११ हजार, खाजा तथा खाना खर्च ८ लाख २८ हजार ७६५/-, कार्यालय खर्च ८ लाख ९७ हजार ३६७/-, मञ्च व्यवस्थापन खर्च ५ लाख ४२ हजार २ सय, सूचना तथा प्रविधि व्यवस्थापन खर्च ३ लाख ७८ हजार, सुरक्षा १लाख ६० हजार, फोटो १ लाख ७ हजार, पोडियम तथा प्लेयर बक्स १ लाख ६१ हजार ७६०/-,बाँसको अस्थायी प्यारापिट निर्माणमा ४ लाख ३४ हजार र वैंक चार्जमा ६५०/- रूपैयाँ खर्च भएको देखाइएको छ।

वैठकले प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्‍याउने सवैलाई धन्यवाद र आभार प्रकट गरेको छ।

121 thoughts on “भद्रपुर झापा गोल्ड कपको आय व्यय सार्वजनिक”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *