• Sat. Jul 27th, 2024

भद्रपुर झापा गोल्ड कपको आय व्यय सार्वजनिक

BySaptahik Samachar

४ बैशाख २०८०, सोमबार १६:०५ ४ बैशाख २०८०, सोमबार १६:०५ ४ बैशाख २०८०, सोमबार १६:०५

४४ लाख ५९ हजार रकम बचत

भद्रपुर ४,वैशाख /भद्रपुर झापा गोल्डकपले भद्रपुरको मेची रङ्गशालामा सञ्चालित प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको आय-व्यय सार्वजनिक गर्ने निर्णय गरेको छ।
गोल्डकप कार्य समितिको रङ्गशालास्थित सचिवालयमा आइतबार बसेको वैठकले हालसम्मको रू.२ करोड ६३ लाख ९७ हजार ७ सय १३ आय र रू. २ करोड १९ लाख ३८ हजार ४ सय रूपैयाँको व्ययलाई अनुमोदन गरेको छ। वैठकमा खर्च भई वाँकी रहेको ४४ लाख ५९ हजार २ सय ८३ रूपैयाँ झापा गोल्डकपको नाममा रहेको राष्ट्रिय वाणिज्य वैंक भद्रपुर र एक्सल वैंक भद्रपुरको हिसाव खातामा मौज्दात रहेको जनाउँदै यथाशीघ्र लेखा परीक्षण गरी गराई सार्वजनिक गर्न सचिवालयलाई जिम्मेवारी प्रदान गरेको झापा गोल्डकप कार्यसमितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भद्रपुर गोल्ड कप कार्य समितिका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा बसेको वैठकले विषयगत खर्च उल्लेख गर्दै खेल मैदान तथा रङ्गशाला मर्मतमा ५२ लाख २८ हजार ७१७/-,आयोजक टीम व्यवस्थापन खर्च ११ लाख २७ हजार १८०/-,सहभागी टीम तथा अन्य खर्च ३६ लाख ६०हजार ६१५/-,सम्मान तथा पुरस्कार वितरण २६ लाख १८ हजार ६० /-रूपैयाँ खर्च भएको जनाइएको छ।

त्यस्तै गरी, पत्रकार खर्च १ लाख ६९ हजार, प्रचार प्रसार खर्च ४ लाख २६ हजार ५७०/-, प्रत्यक्ष प्रसारण कान्तिपुर टि भी खर्च १० लाख ४५ हजार १९६/-,कार्यालय खर्च ८ लाख ९७ हजार ३६७/-,प्रिन्टिङ खर्च ८ लाख ८० हजार ६५/-,उपहार तथा अतिथि व्यवस्थापन खर्च १२ लाख ३९ हजार ७६५/-,आयोजक समिति खर्च ७ लाख ८९ हजार ३४५/-,पोशाक तथा ब्याच व्यवस्थापन १० लाख ३२ हजार २७५/-, सांस्कृतिक कार्यक्रम खर्च २ लाख ११ हजार, खाजा तथा खाना खर्च ८ लाख २८ हजार ७६५/-, कार्यालय खर्च ८ लाख ९७ हजार ३६७/-, मञ्च व्यवस्थापन खर्च ५ लाख ४२ हजार २ सय, सूचना तथा प्रविधि व्यवस्थापन खर्च ३ लाख ७८ हजार, सुरक्षा १लाख ६० हजार, फोटो १ लाख ७ हजार, पोडियम तथा प्लेयर बक्स १ लाख ६१ हजार ७६०/-,बाँसको अस्थायी प्यारापिट निर्माणमा ४ लाख ३४ हजार र वैंक चार्जमा ६५०/- रूपैयाँ खर्च भएको देखाइएको छ।

वैठकले प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्‍याउने सवैलाई धन्यवाद र आभार प्रकट गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *