• Tue. Apr 21st, 2026

भद्रपुर झापा गोल्डकपको खेल तालिका सार्वजनिक

BySaptahik Samachar

१ फाल्गुन २०७९, सोमबार १८:०७ १ फाल्गुन २०७९, सोमबार १८:०७ १ फाल्गुन २०७९, सोमबार १८:०७

भद्रपुर,१ फागुन / प्रथम भद्रपुर झापा गोल्ड कप २०७९ को खेल तालिका सार्वजनिक भएको छ ।यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्ड कपले आइतबार खेल तालिका सार्वजनिक गरेको हो ।
एक संक्षिप्त कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र आयोजक अध्यक्ष दिपेश ढकालले खेल हुने मेची रंगशाला भद्रपुरमा संयुक्त रुपमा खेल तालिका सार्वजनिक गर्नुभएको आयोजकले जनाएका छन् ।कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम सुब्बा, एसियाली फुटबल महासंघका विकास निर्देशक पुरुषोत्तम कट्टेल, राष्ट्रिय टिमका पूर्वकप्तान हरि खड्का, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, १ नम्बर प्रदेश अध्यक्ष टिकाराज ढकाल, सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलको उपस्थिति रहेको थियो ।आयोजकका अनुसार उद्घाटन खेल आयोजक भद्रपुर ब्लेजर्स र जयगाउँ फुटबल क्लब भारतबीच हुनेछ ।

त्यस्तै, दोस्रो खेल फागुन ८ गते नेपाल पुलिस क्लबविरुद्ध चर्च ब्वाइज युनाइटेडले खेल्नेछ । पछिल्लो ए डिभिजन लिगमा पुलिस ११ औँ स्थान र चर्च ब्वाइज नवप्रवेशी टिम हो ।
भद्रपुर झापा गोल्ड कपको तेस्रो खेल फागुन ९ गते पहिलो खेलको विजेतासँग संकटा क्लबले प्रतिस्पर्धा गर्नेछ । लिगमा संकटा सातौँँ स्थानमा रहेको टोली हो ।
चौथो खेल फागुन १० गते दोस्रो दिनको विजेतासँग मछिन्द्र फुटबल क्लबले खेल्नेछ । मछिन्द्र लिग च्याम्पियन टोली हो ।
प्रतियोगिताअनुसार पाँचौँ खेल फागुन ११ गते त्रिभुवन आर्मी फुटबल क्लबका विरुद्ध भुटानको ड्रुक ल्हायुल फुटबल क्लबले खेल्नेछ । लिगमा आर्मी दोस्रो स्थानको टोली हो ।
भद्रपुर झापा गोल्ड कपमा छैटौँ खेल फागुन १२ गते एपिएफ फुटबल क्लबले बंगलादेश ढाकाको काउवार्न बजार प्रगति संघ एफसीका विरुद्ध प्रतिस्पर्धा गर्नेछ । लिगमा एपिएफ आठौँ स्थानको टोली हो ।


प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन १३ गते हुनेछ भने दोस्रो सेमिफाइनल खेल फागुन १४ गते हुनेछ । भद्रपुर झापा गोल्ड कपको फाइनल खेल फागुन १६ गते मंगलबार हुनेछ ।
भद्रपुरको मेची रंगशालामा हुने खेलका लागि करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिटको मर्मत, रङरोगन तथा बाँसको अस्थायी प्यारापिट पनि निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।
पहिलो संस्करणको भद्रपुर झापा गोल्ड कपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्ड कप सम्पन्न गर्न एक करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र फाइनल खेलको पहिलो गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २० हजार रुपैयाँ दिइनेछ ।यस अघि आइतबार विहान नै भद्रपुर झापा गोल्ड कप आयोजक समितिले प्रतियोगितालाई अझ व्यापक बनाउन भद्रपुर रन २०७९ को आयोजना गरेको थियो ।


आज आयोजित मिनि म्याराथन ‘भद्रपुर रन–२०७९’ को उपाधि हपन्वा टुडू र सुस्मिता राईले जिते ।
भद्रपुर झापा गोल्ड कपको आयोजनामा भएको पाँच किलोमिटर दूरीको भद्रपुर रनमा पुरुषतर्फ हपन्वाले १८ मिनेट १७ सेकेन्ड र महिलातर्फ सुस्मिताले ३२ मिनेटमा दूरी पार गर्दै उपाधि हात पारेका हुन् ।
त्यस्तै, पुरुषतर्फ आशिषकुमार दोस्रो र सुदीप राई तेस्रो भए । महिलातर्फ विन्दा राई दोस्रो र मनिता राई तेस्रो भए ।
भद्रपुर–६ स्थित मेची पुलबाट सुरु भएको प्रतियोगिता भद्रपुर बजार–भानुचोक–संगम चोक–सगरमाथा चोक हुँदै मेची रंगशालामा पुगेर सम्पन्न भएको थियो ।
प्रतियोगिताका प्रथम धावकलाई नगद पाँच हजार, दोस्रोलाई तीन हजार, तेस्रोलाई दुई हजार र टिसर्ट पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा चौथोदेखि दसौँसम्म हुने धावकलाई जनही नगद एक हजार र टिसर्ट प्रदान गरिएको थियो ।भद्रपुर रनले खेलकुद क्षेत्रलाई चलायमान बनाउन मद्दत मिल्ने आयोजक संस्थाका अध्यक्ष दिपेश ढकालले बताउनुभयो ।

34 thoughts on “भद्रपुर झापा गोल्डकपको खेल तालिका सार्वजनिक”
  1. Hiya, I’m really glad I have found this information. Today bloggers publish just about gossips and net and this is really irritating. A good website with interesting content, this is what I need. Thanks for keeping this web site, I will be visiting it. Do you do newsletters? Cant find it.

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  3. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  4. Its superb as your other blog posts : D, thanks for posting. “Reason is the substance of the universe. The design of the world is absolutely rational.” by Georg Wilhelm Friedrich Hegel.

  5. Hi! This is kind of off topic but I need some help from an established blog. Is it very hard to set up your own blog? I’m not very techincal but I can figure things out pretty fast. I’m thinking about making my own but I’m not sure where to begin. Do you have any points or suggestions? Thanks

  6. Magnificent website. Plenty of useful info here. I’m sending it to a few friends ans also sharing in delicious. And of course, thanks for your sweat!

  7. A powerful share, I simply given this onto a colleague who was doing just a little evaluation on this. And he in reality bought me breakfast as a result of I discovered it for him.. smile. So let me reword that: Thnx for the treat! But yeah Thnkx for spending the time to debate this, I feel strongly about it and love studying extra on this topic. If attainable, as you develop into experience, would you thoughts updating your weblog with more particulars? It is highly helpful for me. Big thumb up for this weblog publish!

  8. Здесь доступны как классические игровые автоматы, так и современные видеослоты.
    Pinco Casino
    Выбирая Pinco Casino, вы делаете ставку на надежность и комфорт.

  9. https://miamifightcard.com/
    For MediaFightCard, the betting odds showcase a fascinating dynamic with titleholders entering as underdogs and contenders boasting favorite status. In the headliner for the open light heavyweight title, ex-titleholder Jiri Prochazka debuted as a modest -143 favorite over the surging Carlos Ulberg, who enters as a +116 underdog despite his nine-fight winning streak.

  10. https://888starz.net.co/
    888Starz Colombia representa un sitio de apuestas online y casino que ofrece mas de 9.500 opciones de juego, incluyendo maquinas tragamonedas, mesas de crupier en directo asi como una extensa oferta deportiva que va desde la Liga BetPlay pasando por la Champions League y los esports.

  11. https://ufc327odds.com/
    The upcoming UFC 327 light heavyweight championship bout in Miami offers a legitimate pick’em for the gambling public, as previous belt holder Jiri Prochazka (-142) and hot-streaking knockout specialist Carlos Ulberg (+120) prepare to square off for the unclaimed belt. The extremely close odds underscore how well-paired these two finishers really are, creating a scenario where a wager on either competitor is simply a matter of which devastating fighting style you think will reign supreme.

  12. https://luckia.net.co/
    Luckia, con una trayectoria que supera las dos decadas a partir de su creacion en 2002, se ha posicionado como un operador de casino virtual y apuestas en deportes seguro para el publico hispanoparlante, entre ellos Colombia a partir de 2026.

  13. https://bet365-bet.com.co/
    Bet365 Colombia tiene una licencia de Coljuegos para ofrecer sus servicios legalmente dentro del territorio colombiano, brindando un sitio de casino en internet digno de confianza que abarca multiples opciones de maquinas tragamonedas, opciones de mesa como blackjack o ruleta y demas juegos de azar, todo ello avalado por el conocimiento mundial de la firma de apuestas creada en el Reino Unido durante el ano 2000.

Leave a Reply

Your email address will not be published. Required fields are marked *