• Sat. Jul 27th, 2024

भद्रपुर जेसीजको पदस्थापन कार्यक्रमः उत्कृष्ट नागरिक सम्मान

BySaptahik Samachar

१७ माघ २०७९, मंगलवार १७:०३ १७ माघ २०७९, मंगलवार १७:०३ १७ माघ २०७९, मंगलवार १७:०३

भद्रपुर /भद्रपुर जेसीजले उत्कृष्ट नागरिकका रूपमा साहित्यकार चुडामणि रेग्मीलाई सम्मान गरेको छ। हिजो सोमवार जेसीजको ४७ औं पद हस्तान्तरण तथा भद्रपुरको उत्कृष्ट नागरिक सम्मान कार्यक्रममा साहित्याचार्यको उपमा सहित रेग्मीलाई वर्ष उत्कृष्ट नागरिकको रूपमा सम्मान गरेको हो।
जेसीजले सोही सम्मान समारोहमा भद्रपुरका पुरूषोत्तम अधिकारी र दिपेश ढकाललाई मानार्थ सदस्यता प्रदान गर्दै सम्मान गरेको छ भने खोज अनुसन्धानकर्ता इन्जिनियर आरिफ अली र दिव्यराज सापकोटालाई प्रशंसा पत्र प्रदान गरिएको छ।
उपप्रधान मन्त्री राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्य र भद्रपुर जेसीज २०२२ का अध्यक्ष मनोज भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको थियो। प्रमुख अतिथि लिङ्देनले मिलिजुली देश चलाउने जनादेश पाएकाले आफू सरकारमा सामेल भएको बताउँदै राप्रपा.बाट निर्वाचित भए पनि सरकारमा गए पछि आफू पार्टीको मात्र प्रतिनिधि नभएर सम्पूर्ण देशबासीको भावना बोक्ने प्रतिनिधि भएको बताउनुभयो। उहाँले जेसीज युवाहरूको नेतृत्व विकास गर्ने कारखाना बनोस् भनेर शुभकामना दिनुभयो।

कार्यक्रममा प्रदेश सांसद छवि चुडालले सम्मानित व्यक्तित्वहरूलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो। वर्ष २०२२ का अध्यक्ष भट्टराईले वर्ष २०२३ का अध्यक्ष युवराज नेउपानेको नयाँ नेतृत्वलाई पद हस्तान्तरण गर्नुभएको कार्यक्रमको सञ्चालन पूर्व अध्यक्षत्रय हरि पोखरेल, लोकनाथ भट्टराई र निकास पाण्डे तथा वर्तमान महासचिव रमेश कार्कीले पालैपालो गर्नुभएको थियो।

6 thoughts on “भद्रपुर जेसीजको पदस्थापन कार्यक्रमः उत्कृष्ट नागरिक सम्मान”
  1. You actually make it appear really easy along with your
    presentation but I in finding this topic to be really something that I feel I
    might never understand. It seems too complicated
    and very large for me. I’m having a look forward in your next put up,
    I’ll try to get the hang of it! Escape rooms

Leave a Reply

Your email address will not be published. Required fields are marked *