• Sat. Mar 2nd, 2024

भद्रपुर एमालेद्वारा भद्रपुरका निवर्तमान नगरप्रमुख श्रेष्ठसहित तीन जनाको सदस्यता खारेज

BySaptahik Samachar

११ माघ २०८०, बिहीबार १५:२४ ११ माघ २०८०, बिहीबार १५:२४ ११ माघ २०८०, बिहीबार १५:२४

भद्रपुर, ११माघ/ तल्लो कमिटीको आवाज माथिल्लो कमिटीले नसुने पछि नेपाल कम्युनिष्ट पार्टी एमाले भद्रपुर नगर कमिटीले गत संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णय विपरित कार्य गर्ने तीन जनाको पार्टी सदस्यता खारेज गरेको छ ।
एमाले भद्रपुर नगर कमिटीको पुस २९ गते बसेको सचिवालयको विस्तारित बैठकले पार्टी पूर्व प्रदेश कमिटीका सदस्य जीवनकुमार श्रेष्ठ, पूर्व नगर इञ्चार्ज तथा जिल्ला कमिटी सदस्य हरि तिम्सिना तथा पूर्व जिल्ला कमिटीका विभागीय सदस्य लोकनाथ भट्टराईको पार्टी सदस्यता खारेजीको निर्णय गरेको हो ।

विधानको धारा ८० को १,२,३, ४ र ५ अनुसारको कसुर गरेको ठहर गरी विधानको धारा ८१ (१) बमोजिम निर्णय गर्दै निर्णय अनुमोदनका लागि पार्टी जिल्ला कमिटीमा अनुरोध गरी पठाउने निर्णय पनि नगर कमिटीले गरेको छ।
नगर अध्यक्ष ब्रम्हलाल ढुङ्गानाको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य तथा भद्रपुर नगर इन्चार्ज सुनिता बरालको प्रमुख आतिथ्यमा कोशी प्रदेश कमिटी सचिवालय सदस्य बसन्त बानियाँ, कोशी प्रदेश कमिटी सदस्य तथा क्षेत्र नं.३ (१) का इन्चार्ज सन्तलाल मेचे एवं पार्टी जिल्ला कमिटी सदस्य तथा भद्रपुर सह इन्चार्ज कालीचरण बस्नेतसहितको आतिथ्यमा बसेको बैठकले त्यस्तो निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *