• Sat. Jul 27th, 2024

भद्रपुरमा स्काउट आधारभूत तालिम सम्पन्न

BySaptahik Samachar

१० चैत्र २०७८, बिहीबार २१:३० १० चैत्र २०७८, बिहीबार २१:३० १० चैत्र २०७८, बिहीबार २१:३०

भद्रपुर, 10 चैत्र / पछिल्लो केही वर्षयता सुस्ताएको स्काउट गतिविधिलाई क्रियाशील गराउने उद्देश्यले झापाको भद्रपुरमा स्काउट तालिम प्रदान गरिएको छ ।
भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भद्रपुरको शैक्षिक तालिम केन्द्रमा झापाका नयाँ तथा पुराना स्काउटरहरुलाई बीटीसी तथा पीटीसी तालिम प्रदान गरिएको हो। तालिममा 21जना विभिन्न विद्यालयका 21 जना पुरूषलाई बीटीसी र 19 जना महिलालाई पीटीसी तालिम प्रदान गरिएको छ।
चैत ५ गतेबाट शुरु भएको 6 दिने आवासीय तालिम बिहीबार दीक्षान्त समारोहका बीच समापन गरिएको भद्रपुर नगर स्काउट तदर्थ समितिका संयोजक विवेक चौलागाईंले जानकारी दिनुभयो ।
सहभागीहरुलाई ४७८ औं बीटीसी कोर्ष लिडर तथा १ नं प्रदेश स्काउट तदर्थ समितिका सदस्य अरुण वस्नेत र ३५० औं पीटीसी कोर्ष लिडर शिवानी देवानले प्रशिक्षण दिनुभएको थियो ।
समापन समारोहमा भद्रपुर नगरपालिकाका प्रमुख तथा भद्रपुर नगर स्काउट संरक्षक जीवनकुमार श्रेष्ठ र उपप्रमुख तथा नगर स्काउट संयोजक चन्द्रा श्रेष्ठले प्रमाणपत्र वितरण गर्नु भएकाे थियाे । समापनमा स्काउटको राष्ट्रिय तदर्थ समितिका सदस्य विजेन्द्र धोँजु, १ नं प्रदेश तदर्थ समितिका संयोजक रवि खनाल, राष्ट्रिय प्रशिक्षक शिवकुमार पौडेल, राष्ट्रिय सहायक प्रशिक्षक गंगाराम राईलगायतको उपस्थिति थियो । कार्यक्रमकाे संचालन स्थानीय स्काउट तदर्थ समितिका सदस्य भगिरथ नेपालले गर्नुभएको थियो । तालिमकै क्रममा अघिल्लो दिन हाइकिङ र क्याम्प फायर गरिएको थियो।तालिम प्राप्त दीक्षितहरूले आ आफ्ना विद्यालयमा प्रशिक्षकका रूपमा रहेर स्वयम्सेवक स्काउटर उत्पादन र तालिम प्रदान गर्नेछन्।

One thought on “भद्रपुरमा स्काउट आधारभूत तालिम सम्पन्न”

Leave a Reply

Your email address will not be published. Required fields are marked *