• Sat. Jul 27th, 2024

भद्रपुरमा सञ्चालित धनुकाण तालिम सम्पन्न

BySaptahik Samachar

१३ चैत्र २०७८, आईतवार २१:१८ १३ चैत्र २०७८, आईतवार २१:१८ १३ चैत्र २०७८, आईतवार २१:१८

भद्रपुर १३,चैत्र /झापाको भद्रपुरस्थित मेची रंगशालामा सञ्चालित तीन दिने धनुकाण प्रशिक्षण सम्पन्न भएको छ।झापाबाट पनि खेलाडी उत्पादन गर्ने उद्देश्यले भद्रपुरस्थित मेची रंगशालामा सञ्चालित त्रिदिवसीय धनुकाण खेलको प्रशिक्षण आज (आइतबार) सम्पन्न भएको हो। नेपाल आर्चरी संघका राष्ट्रिय अध्यक्ष दिपकराज गुरूङको पहलमा झापा आर्चरी संघले खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ चैत्र ११ गतेबाट प्रशिक्षण प्रारम्भ गरेको थियो ।
नेपालका १७ जिल्लामा यो खेलको संगठन विस्तार भए पनि सन्तोषजनक रूपमा खेलाडी उत्पादन हुन नसकिरहेकोले झापामा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ खेलको विषयमा अभिमुखीकरण र प्रशिक्षण प्रदान गरिएको हो। खेलका लागि आवश्यक पूर्वाधार र ज्ञान सीप प्रदान गर्न नेपाल आर्चरी संघका तर्फबाट प्रशिक्षकद्वय नेपाल आर्चरी संघका वरिष्ठ उपाध्यक्ष वसन्त थकाली र महासचिव रमेशकुमार शिवाकोटीले सहभागीहरूलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो। केन्द्रबाट प्रशिक्षक र राष्ट्रिय अध्यक्ष दिपकराज गुरूङले व्यक्तिगत तवरमा तीन सेट धनुकाण उपलब्ध गराएकाले तालिम प्रदान गर्न सम्भव भएको झापा आर्चरी संघका अध्यक्ष कविन राईले बताउनुभयो ।
नेपाल आर्चरी संघका राष्ट्रिय अध्यक्ष दिपकराज गुरूङको प्रमुख आतिथ्य र झापा आर्चरी संघका अध्यक्ष राईको सभापतित्वमा भएको समापन कार्यक्रममा सहभागी खेलाडीहरूलाई प्रमाण पत्र प्रदान गरिएको थियो। समापन समारोहमा राष्ट्रिय अध्यक्ष तथा प्रमुख अतिथि गुरुङ, उपाध्यक्ष तथा प्रशिक्षक थकाली र सहभागी गंगा खड्काले मन्तव्य राख्नुभएको थियो।झापा आर्चरी संघका सहसचिव महेन्द्र कोइरालाको सन्चालनमा भएको सोही समापनका अवसरमा राष्ट्रिय अध्यक्ष गुरुङले संखुवासभा आर्चरी संघका अध्यक्ष पासाङ भोटेलाई १२ थान काण हस्तान्तरण गर्नुभएको जनाइएको छ ।

5 thoughts on “भद्रपुरमा सञ्चालित धनुकाण तालिम सम्पन्न”

Leave a Reply

Your email address will not be published. Required fields are marked *