• Thu. Nov 14th, 2024

भद्रपुरमा संचालित भेट्रान फुटबलको उपाधि मोरङ जहदालाई

BySaptahik Samachar

१४ पुष २०८०, शनिबार २०:५९ १४ पुष २०८०, शनिबार २०:५९ १४ पुष २०८०, शनिबार २०:५९

भद्रपुर १४, पुस / भद्रपुरमा सम्पन्न केशवप्रसाद रिजाल स्मृति चौथो चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधि मोरङ जहदा(पथरी)-को एभरेष्ट भेट्रान क्लवले उचालेको छ ।
चन्द्रगढी भेट्रान क्लब’सिभिसी’ को आयोजनामा मेची रंगशालामा पुस ७ गतेबाट शुरू प्रतियोगिताको फाइनल खेलमा एभरेष्टले लखनपुर दमक भेट्रान क्लबलाई २-१ को गोल अन्तरले हराउँदै उपाधि चुमेको हो।
जीतसँगै एभरेष्ट भेट्रानले नगद रूपैयाँ ५१ हजार १ सय ११, ट्रफी र मेडल पाएको छ भने उपविजेतामा सीमित लखनपुर दमकले नगद रू.३१ हजार १ सय ११, ट्रफी र मेडलमा चित्त बुझाएको छ।
जितका लागि एभरेष्टको तर्फबाट खेलको छैटौँ मिनेटमा गणेश लावती र २० औँ मिनेटमा प्रदिप चौधरीले गोल गरेका थिए । लखनपुर दमकका दिपेन गिरीले २४ औँ मिनेटमा एक गोल फर्काएका थिए ।
प्रतियोगितामा विजेताको पुरस्कार रामबाबु रिजाल र कृष्णबाबु रिजालले सौजन्य गरेका थिए भने उपविजेताको पुरस्कार शिवसताक्षीका मनोज लावतीले प्रदान गरेको आयोजक क्लवका उपाध्यक्ष बिक्की जैसवालले बताउनुभयो ।
प्रतियोगितामा म्यान अफ द म्याच, विधागत पुरस्कार तथा फुटबलको सौजन्य धर्म न्यौपाने, अरुण सिंह, विजय काम्बाङ, विशाल गुरुङ र अनुप चौधरीले गरेका थिए ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा फाइनल खेल सम्पन्न भएको थियो। प्रतियोगितामा नेपाल र भारतका नौवटा भेट्रान क्लबहरूको सहभागिता थियो ।

443 thoughts on “भद्रपुरमा संचालित भेट्रान फुटबलको उपाधि मोरङ जहदालाई”