• Sat. Jul 27th, 2024

भद्रपुरमा राजवंशी प्रतिष्ठानको स्थापना दिवस मनाइयो /जग्गादाता सहित प्रतिष्ठानलाई सहयोग पुर्‍याउनेहरू सम्मानित

BySaptahik Samachar

५ माघ २०८०, शुक्रबार १९:३२ ५ माघ २०८०, शुक्रबार १९:३२ ५ माघ २०८०, शुक्रबार १९:३२

– – – – – – – गोपाल गिरी

भद्रपुर, माघ ५ गते / भद्रपुरको आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानले जग्गादाता सहित प्रतिष्ठानलाई सहयोग पुर्‍याउने अन्य महानुभावहरूलाई सम्मान गरेको छ ।  प्रतिष्ठानको प्रथम स्थापना दिवस तथा साधारण सभाको अवसरमा आज प्रतिष्ठानको संग्रहालय निर्माणका लागि निःशुल्क जग्गा दिने सात जना जग्गादातासहित विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको हो । 


भद्रपुर– ६ स्थित भातियाबारीमा प्रतिष्ठानको संग्रहालय निर्माण स्थलमा आयोजित कार्यक्रममा जग्गादाताहरू धरेन्द्र राजवंशी, कमल राजवंशी, मालचन राजवंशी, धनमति तामाङ राजवंशी, अर्जुनबहादुर विष्ट, गणेश अधिकारी र श्यामसुन्दर अग्रवाललाई सम्मान पत्र प्रदान गरिएको हो । उहाँहरूबाट प्रतिष्ठानलाई एक / एक कट्ठा गरी जम्मा सात कट्ठा जमिन प्राप्त भएको छ । 
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले उद्घाटन गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तुलाराम सिंह राजवंशीले प्रतिष्ठानले गरेको वार्षिक गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो। 


नगरपालिकाले छुट्टाएको बजेटबाट गत वर्ष प्रतिष्ठानको कम्पाउन्ड वाल बनाइएको र संस्था दर्ता गराइएको बारेमा उहाँले जानकारी गराउनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, ४ नम्बर वडा अध्यक्ष हंशधर राजवंशी, ६ नम्बर वडा अध्यक्ष रतिया राजवंशी, ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा (मनोज), नेकपा.एमालेका जिल्ला सहसचिव असारु राजवंशी, नेकपा. माओवादी केन्द्रका डिल्ली घिमिरे (हिक्मत), प्रतिष्ठानका सल्लाहकार संयोजक सुमनसिंह राजवंशी लगायतले मन्तव्य राख्नुभएको थियो

 जातीय पहिरन सहित सांस्कृतिक नृत्य प्रस्तुत गरिएको कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष सुधीर राजवंशीले राखेको कार्यक्रमको सञ्चालन सचिव नन्दकुमार राजवंशीले गर्नुभएको थियो । प्रतिष्ठानको प्रथम अधिवेशन समेत भएकोले बन्द सत्रबाट नयाँ कार्य समिति चयन गरिने जनाइएको छ ।  

One thought on “भद्रपुरमा राजवंशी प्रतिष्ठानको स्थापना दिवस मनाइयो /जग्गादाता सहित प्रतिष्ठानलाई सहयोग पुर्‍याउनेहरू सम्मानित”

Leave a Reply

Your email address will not be published. Required fields are marked *