भद्रपुर २५,पुस / पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका राजवंशी समुदायको सांस्कृतिक उत्सव भाका (भक्का) दिवस यस वर्ष पहिलो पटक झापाको सदरमुकाम भद्रपुरमा मनाइने भएको छ। राजवंशी समुदायले आमरूपमा भनिने भक्कालाई भाका भन्ने गर्छन्। राजवंशी समाज विकास समिति (रासविस.) झापाले आयोजना स्थल भद्रपुरको सिटी गार्डेनमा आज पत्रकार सम्मेलन गरेर समाजको झापा शाखाको तर्फबाट हुने भक्का दिवसको बारेमा जानकारी दिएको हो।
विगतमा अन्य संघ संस्थाहरूले सदरमुकाम वाहिर यो दिवस मनाउँदै आए पनि यो पटक सदरमुकामबाट सुरू गरेर आफ्नो संस्कार, संस्कृतिको पहिचान उत्सव मनाउने परम्पराको पहिलो थालनी गर्न लागेको रासविस. झापाले जनाएको हो।
समितिका अध्यक्ष उत्तमकुमार राजवंशीका अनुसार भक्का दिवसमा निःशुल्क भक्का खुवाइने र त्यसका लागि २५ जनाबाट परम्परागत ओखलमा कुटेको चामलको पिठोबाट भक्का तयारी गरिने छ।
राजवंशीहरूको भान्साबाट लोप हुँदै गएको मौलिक खाजा भक्काको प्रबर्द्धनमा यो दिवसको उल्लेख्य भूमिका रहने र यसको संरक्षण र प्रवर्द्धन गर्न सके थोरै लगानीमा गरिने व्यवसायको ढोका खुल्ने विश्वास रासविसका पदाधिकारीको छ। तराईमा जाडो याममा र चिसो ठाउँमा बाह्रै महिना पर्यटकहरूलाई भक्काप्रति आकर्षण गर्न सकिन्छ।
भद्रपुरमा यस पटक आयोजना हुने भक्का दिवसमा गायक बलराम राजवंशी सहित अन्य राष्ट्रिय तथा चर्चित स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने जनाइएको छ।
porno