• Wed. Feb 28th, 2024

भद्रपुरमा बालबालिकाको म्याराथुन प्रतियोगिता

BySaptahik Samachar

७ पुष २०८०, शनिबार १८:३० ७ पुष २०८०, शनिबार १८:३० ७ पुष २०८०, शनिबार १८:३०

भद्रपुर ७,पुस / तेस्रो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवस-२०८० को अवसरमा भद्रपुरमा शनिबार म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ। भद्रपुर नगर बाल सञ्जालको संयोजन र भद्रपुर नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा भद्रपुरका विभिन्न विद्यालयका छात्र छात्रालाई सम्मिलित गराइएको थियो। भद्रपुरको मेची पुलबाट सुरु भएको म्याराथन मेची रङ्गशालामा पुगेर समापन भएको थियो।


प्रतियोगितामा छात्रतर्फ विभूति विद्या मन्दिरका शिव लिम्बू र मनिस लिम्बू प्रथम र दोस्रो भए भने चन्द्रभानु ज्योति माविका सन्तोष लिम्बू तेस्रो र नेशनल मेरिगोल्ड इङ्ग्लिस स्कुलका इवाहाङ लावती चौथो भए।
त्यसैगरी छात्रातर्फ लक्ष्मी मर्डी ( चन्द्र भानु ज्योति) – प्रथम, सुस्मिता हास्दा र आकृति लिम्बू (जीवन ज्योति) -क्रमशः दोस्रो र तेस्रो तथा मुस्कान कामती (एस एस निकेतन) ले चौथो स्थान हासिल गरिन्।

भद्रपुर नगर बाल सञ्जालका कार्यवाहक अध्यक्ष आरोग्य तिम्सिनाको अध्यक्षता र नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताका विजेतालाई नगर प्रमुख, उपप्रमुख राधा कार्की लगायत जनप्रतिनिधिले नगदसहित पुरस्कार र सहभागी सवैलाई प्रमाण पत्र प्रदान गरिएको थियो।
बालमैत्री घोषणाको तेस्रो वर्ष २०८० को अवसरमा नगरपालिकाले दुई दिने कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रम अन्तर्गत हिजो ‘बालबालिकासँग नगरप्रमुख’ कार्यक्रम र आज बालबालिकाको म्याराथन प्रतियोगिता राखिएको हो।

2 thoughts on “भद्रपुरमा बालबालिकाको म्याराथुन प्रतियोगिता”

Leave a Reply

Your email address will not be published. Required fields are marked *