• Tue. Apr 23rd, 2024

भद्रपुर र मेचीनगरमा पत्रकार सापकोटाको आम सञ्चार र समावेशी पत्रकारिता पुस्तकको चर्चा

BySaptahik Samachar

२५ फाल्गुन २०८०, शुक्रबार २२:०३ २५ फाल्गुन २०८०, शुक्रबार २२:०३ २५ फाल्गुन २०८०, शुक्रबार २२:०३

भद्रपुर, २५ फागुन । पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमुलक कृति आम सञ्चार र समावेशी पत्रकारिता कृतिको बारेमा भद्रपुरमा चर्चा परिचर्चा गरिएको छ ।
नवगठित रिडर्स क्लब भद्रपुरको आयोजनामा भद्रपुरमा स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि तथा शिक्षा र पत्रकारितासित सम्बद्ध व्यक्तिसित कृतिभित्रका विषय बस्तु बारेमा विचार विमर्श र चर्चा गरिएको हो ।

कृतिको समीक्षा गर्दै समीक्षक तुलरामसिंह राजवंशीले वर्तमान संविधानले परिकल्पना गरेको समावेशी सिद्धान्त र व्यावहारिक प्रयोजनको खोजी पुस्तकको मूल विषय रहेको उल्लेख गर्नुभयो ।
यस्तै पत्रकार तथा समीक्षक मोहन काजीले समावेशीताका नाममा सीमित वर्गले उपयोग गरिरहेको अधिकार बास्तविकवर्गसम्म नपुगेको अनेक दृष्टान्तसहित मुलुकको समावेशीको वास्तविक अवस्था चित्रण गर्न पुस्तक सफल रहेको प्रष्ट पार्नुभएको थियो ।
रिडर्स भद्रपुरका अध्यक्ष खेमराज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखक सापकोटाले संघीय लोकतान्त्रिक शासन व्यवस्थामा समावेशीताको सिद्धान्त अपरिहार्य भए पनि लक्षितवर्गले वर्तमान संविधानको परिकल्पना अनुकूल समावेशी हुन नपाएको परिस्थिति प्रष्ट पार्ने प्रयास स्वरूप कृति जनसमक्ष आएको जानकारी दिनुभयो ।

विभिन्न व्यक्तिले पुस्तक भित्रका अन्तरवस्तुका बारेमा जिज्ञासा राखेको उक्त कार्यक्रमको सहजीकरण कृति राईले र स्वागत मन्तव्य रिडर्स क्लब भद्रपुरका सचिव खेमनारायण श्रेष्ठ (रमेश) ले राख्नुभएको थियो।

आजै मेचीनगरको ईटाभट्टामा पनि प्रेस क्लब मेचीनगरले कृतिका बारेमा चर्चा कार्यक्रम राखेको थियो।कार्यक्रममा समीक्षक सन्तोष आचार्य, मणिकुमार लिम्बू र रुमा राजवंशीले चर्चा गर्नुभएको जनाइएको छ।

12 thoughts on “भद्रपुर र मेचीनगरमा पत्रकार सापकोटाको आम सञ्चार र समावेशी पत्रकारिता पुस्तकको चर्चा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *